समाचार

भाबी प्रधानमन्त्री एवं अध्यक्ष ओलीद्वारा अंग्रेजी नयाँबर्ष २०१८ को शुभकामना !

काठमाण्डौ ।  भाबी प्रधानमनत्रीको रुपमा समेत हेरिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ बर्ष २०१८ को उपलक्षमा स्वदेश तथा बिदेशमा बसकेका सम्पूर्ण नेपालीहलाई शुभकामना ब्यक्त गरेका छन् ।
पूर्ब प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ,

“अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा स्वदेश तथा विदेशमा बस्नुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र दीर्घायूको हार्दिक शुकामना व्यक्त गर्दछु ।

“सन् २०१७ लाई बिदा गरेर आजको बिहानीबाट हामी सन् २०१८ मा प्रवेश गरेका छौं । समयको आफ्नै चक्र अनुसार सम्वतहरु फेरिने क्रम जारी नै रहन्छ । तथापी कुनै वर्षहरु यति धेरै महत्वका हुन्छन्, जसले आम नेपालीको राजनीतिक, सामाजिक तथा व्यक्तिगत जीवनमा समेत अमिट छाप छाडेर जान्छन् । सन् २०१७ नेपालीका लागि त्यस्तै एउटा महत्वको वर्ष बनेर बिदा भएको छ ।

खासगरी संविधान कार्यान्वयनको मुल कडीको रुपमा रहेका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाका निर्वाचन यसै वर्ष सम्पन्न भए । जसले लामो समयदेखि नेपाली राजनीतिमा जारी रहेको संक्रमणकाललाई मुलतः समाप्त पारेका छन् । यी निर्वाचनको सफलतासँगै नेपाली जनताले बर्षौंदेखि प्रतिक्षा गरेको विकास र समृद्धि सपना अब प्राप्ती हुने मार्गतिर हामी डोरिएका छौं । सन् २०१७ मा नेपालको न्यायपालिका र सुरक्षा क्षेत्रमा केही विसंगति भित्र्याउन असफल प्रयास पनि भए ।
नेपाल लामो समयसम्म अस्थिर राजनीतिको चपेटामा प¥यो । देशका सबै अवयवहरुमा प्रत्यक्ष अप्रत्यक्षरुपमा यसको असर प¥यो । जसले गर्दा प्राकृतिक र मानव श्रोतसाधनमा सम्पन्न हुँदाहुँदै नेपाल पछाडि प¥यो । नेपालीहरु गरिब भए । तर अब यो अवस्था लामो समयसम्म रहँदैन । देशलाई स्थिरता र विकासतर्फ लैजानकै लागि हामीले वामपन्थी गठबन्धन निर्माण गरेर चुनावमा होमियौं । जनताहरुले हामीलाई स्थिरता र विकासको मार्गमा देशलाई अगाडि बढाउने विश्वाससहित स्पष्ट बहुमत पनि दिएका छन् । त्यस कारण अब निकट भविष्यमा बन्ने नयाँ सरकारले देशमा विकास र समृद्धिको महाअभियान सुरु गर्नेछ । त्यसकारण सन् २०१८ नेपालमा समृद्धि र विकासको महाअभियानको प्रारम्भ बर्ष हुने छ ।

निर्वाचन मार्फत वाम गठबन्धनले स्पष्ट बहुमत ल्याए पनि जनमत गुमाइसकेको वर्तमान सरकार अझै पनि सत्ता लम्ब्याउने र देशलाई अनिर्णयको बन्दी बनाइरहने प्रयासमा छ । देश विकास हुन नदिने केही स्वदेशी र विदेशी शक्तिहरुको इशारामा जनमतविरुद्ध जे जस्तो प्रयास भइरहेको छ त्यो हामीलाई सैह्य छैन । देश विकासको महाअभियानमा अवरोध नगर्न हामी सबैलाई आग्रह गर्दछौं ।
अन्त्यमा, नयाँ बर्ष २०१८ को पुनः हार्दिक शुभकामना व्यक्त गर्दछु ।”