आर्थिक

अब ट्रमा सेन्टरमा टिकट काट्न र बिल भुक्तानी बैंकबाट गर्नुपर्ने, नेपाल इन्भेष्टमेण्ट बैंकले खोल्यो एक्स्टेन्सन काउन्टर

काठमाण्डौ । नेपाल इन्भेष्टमेण्ट बैंकले काठमाण्डौ महानगरपालिकाको माहांकालस्थित रााष्ट्रिय ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टर परिसरमा खोलिएको काउन्टरले ट्रमा सेन्टरको आर्थिक कारोबार गर्न सहयोग गर्नेछ । काउन्टरले ट्रमा सेन्टरमा आउने विरामीको उपचारका क्रममा टिकट काट्नेदेखि विल भुक्तानीमा पनि सहयोग गर्नेछ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न कला तथा सस्कृति एवम् पुरातात्विक क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । यसै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ३६५ दिन, २४ सै घण्टा सेवा संचालन हुने गरी ट्रमा सेन्टरमा एक्स्टेन्सन काउन्टर खोलेको हो । यस सेवाले अस्पतालमा आउने विरामीले सुविधा पाउनेमा बैंक विश्वस्त रहेको जनाएको छ ।

साथै बैंकले निकट भविष्यमा ट्रमा सेन्टरको परिसरमै ९८ औं एटिएम संचालनमा ल्याउने छ । राष्ट्रिय ट्रमा सेन्टरको प्रबेशद्वारमा रहने एटिएमबाट अस्पतालमा आउने सेवाग्राहीका साथै सर्वसाधारणले पनि सेवा लिन सक्नेछन् ।

आठ लाखभन्दा बढी उपभोक्ता रहेको बैंकको हाल ६३ वटा शाखा (नारायणगढ र पर्सा शाखा स्थानान्तरनको प्रक्रियासहित) तथा ९७ वटा एटिएम पुगेको छ । ५ लाख ५० हजारभन्दा बढी भिसा डेविट कार्ड प्रयोगकर्ता रहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.को ५४ वटा शाखारहित बैंकिङ्ग सुविधाका साथै ३०० बढी भिसा तथा एनपिएन सदस्य बैंकका एटिएम रहेको छ । निजि क्षेत्रमा सर्वाधिक चुक्ता पूँजी १०.६३ अर्ब रहेको यस बैंकको हाल निक्षेप रु. १३१ अर्ब तथा कूल कर्जा लगानी १०७ अर्ब पुगेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले ‘दि बैंक’, फाइनान्सियल टाइम्स, लण्डनद्वारा दिइएको सम्मानजनक’बैंक अफ दि इयर’ उपाधि ५ पटक प्राप्त गरिसकेको छ भने इक्रा नेपालबाट “क” वर्गको रेटिङ पनि ५ वर्षदेखि लगातार हासिल गर्दै आइरहेको छ ।