आर्थिक

प्रिमियर ईन्स्योरेन्सको एफपिओ बिक्री खुल्यो, पुस १९ गतेसम्म आवेदन दिन सकिने

काठमाण्डौ । प्रिमियर ईन्स्योरेन्सको एफपिओ बिक्री आजदेखि खुल्ला भएको छ ।

कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यमा ६९९ प्रिमियम थपगरी ७९९ रुपैयाँका दरले ६ लाख ५९ हजार ५६५ कित्ता बिक्रीमा ल्याएको हो । एफपिओमा पुस १९ गतेसम्म आवेदन दिन सकिनेछ ।

न्यूनतम दश किता अर्थात ७ हजार ९९० रुपैयाँको आवेदन दिन सकिने बिक्री प्रवन्धक एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीका अनुसार उच्चतम ३ हजार २९० किताका लागि आवेदन दिन पाइने छ ।

आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थामा गई आश्वा प्रणालीबाट आवेदन दिन पाइने छ । एफपीओ निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजी ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ पुग्नेछ । एफपिओ बिक्रीपछि कम्पनीमा संस्थापकको ५१ र साधारणतर्फको ४९ प्रतिशत स्वामित्व रहनेछ ।