पु.समाचार

पिर्काले हानेर श्रीमानको हत्या

गोरखा । गोरखाको भीमसेन गाउँपालिका ८ बोर्लाङकी ६५ वर्षीया हिरादेवी श्रेष्ठले आफ्नै श्रीमानको हत्या गरेकी छन् । हत्यापछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेकी छन् ।

शनिबार साँझ घरमै पिर्का प्रहार गरी ६७ वर्षीय श्रीमान केयरमान श्रेष्ठको हत्या गरेलगत्तै हिरादेवीले प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरिन् ।

पिर्का प्रहारबाट श्रीमान केयरमानको घटनास्थलमै मृत्यु भएको प्रहरी निरीक्षक कमला नरालले जानकारी दिइन् । श्रीमानसँग घरायसी झगडा भएको र आवेशमा आएर हत्या गरेको हिरादेवीले प्रहरीसमक्ष स्वीकारेकी छन् ।