पु.समाचार

महाराजगञ्जमा साँढेको आक्रमणबाट एक बालिकाको मृत्यु

कपिलवस्तु । महाराजगञ्ज नगरपालिकामा साँढेको अक्रमणबाट वडा नं ३ का द्वारिका गुप्ताकी १३ वर्षीया छोरी जानकीको मृत्यु भएको छ ।

साँढेको आक्रमणबाट महाराजगञ्ज चमरसठमा दुई महिला घाइते भएका छन् भने बगाहियाका सुसु भनिनेको ढाड भाँच्चिएकामा भारतको लखनौमा उपचार भइरहेको रामबलि यादवले बताए । आक्रमणबाट गौडहवामा पनि चार जना घाइते भएको इलाका प्रहरी कार्यालय महाराजगञ्जले जनाएको छ । स्थानीयवासी बृजेश यादवले एक हप्तादेखि साँढेले महाराजगञ्ज आसपासमा आतंक मच्चाएको जानकारी दिए ।

साँढेले बाटामा हिँडडुल गरेका जो कोहीलाई पनि अक्रमण गर्ने गरेको छ । अहिलेसम्म १०भन्दा बढी स्थानीयवासी घाइते भएका छन् । नगरपालिकाले साँढे नियन्त्रण गर्न प्रहरी, पशुसेवा कार्यालयका कर्मचारीलगायतलाई परिचालन गरेको छ ।