राजनीति

राप्रपा केन्दीय कार्यसमिति बैठक पुस तेस्रो साता बस्ने

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टी केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ ।

अध्यक्ष कमल थापाले निर्वाचनको समीक्षासहित मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न आगामी पुस १९, २० र २१ गते पार्टी केन्द्रीय कार्यसमिति बैठक बोलाइएको बोलाइएको जानकारी दिए ।

बाँकेको नेपालगञ्जमा स्थानीय संचारकर्मीमाझ उनले निर्वाचनमा अनपेक्षित हार व्यहोर्नु परे पनि पार्टीले लिएको नीति र कार्यदिशा भने उपयुक्त रहेको जिकिर गरे ।

उपप्रधानमन्त्रीसमेत रहेका थापाले निर्वाचन परिणामबाट विचलित नहुन पनि पार्टीका नेता–कार्यकर्तालाई सचेत गराए । भावी रणनीति र कार्यदिशा तय गरी मुलुकलाई अघि बढाउन आफ्नो पार्टी सफल हुने उनको दाबी छ ।