अन्तर्राष्ट्रिय

रजनीकान्तको राजनीतिक डेब्यू, को हुन् सुपरस्टार रजनीकान्त ?

काठमाण्डौ । भारतीय अभिनेता रजनीकान्तले राजनीतिमा आउने औपचारिक घोषणा गरेका छन् । आइतबार प्रशंसकहरूलाई सम्बोधन गर्दै तमिलनाडुको आगामी विधान सभामा आफ्नै पार्टी बनाएर चुनाव लड्ने उद्घोष गरे ।

आफ्नो छोटो भाषणमा तमिनाडुको लोकतन्त्र नराम्रो अवस्थाबाट गुजरीरहेको र जारी व्यवस्थापनमा परिवर्तन आवश्यक रहेकाले आफू राजनीतिमा होमिन लागेको बताए ।

‘यस संकटको घडीमा पनि म राजनितिमा आइन भने यो मेरा लागि लज्जाको विषय हुनेछ र यो सिनेमा नभई एउटा सत्य हो’, उनले भने, ‘प्रदेशको आगामी विधानसभा चुनावका लागि नयाँ पार्टी बनाउने समय आएको छ। हामी सन् २०२१ मा हुने तमिलनाडुको सबै २३४ सिटमा चुनाव लड्नेछौ ।’

रजनीकान्तले भ्रष्टाचारविरूद्ध लडाइँ आफ्नो पार्टीको मुख्य एजेण्डा हुने बताए । रजनीले आफू कायर नभएकाले पछि नहटने बताएका छन् । उनले आफू आफ्नो कर्तव्यबाट पछि नहट्ने दृढता व्यक्त गरे ।

तमिल नाडुमा खराव राजनीति चलेको भन्दै रजनीकान्तले आफु ‘सरकार र सिस्टम’ बदल्न राजनीतिमा प्रवेश गरेको बताए । ‘तमिल नाडुमा धेरै खराव राजनीति भएको छ,’ उनले भने,‘ अहिले यो विश्व हँसाउने माध्यम भएको छ । यो सरकार र सिस्टम परिर्वतन गर्ने समय हो ।’

उनले आफुले स्वयंसेवक नभई अभिभावक चाहेको बताए। ‘म स्वयंसेवक होइन अभिभावक चाहान्छु,’ आफ्ना समर्थकमाझ भावी योजना सार्वजनिक गर्दै उनले भने,‘ म आफ्ना व्यक्तिगत आवश्यकताका लागि राजनीतिज्ञलाई सहयोग नमाग्ने, बिनाशर्त सरकारलाई प्रश्न गर्ने अभिभावक चाहान्छु ।’

रजनीले सबैलाई राजनितिमा आउन आग्रह गर्दै आफ्नो राजनीतिक पार्टी हरेक गाउँ र गल्लीमा जाने बताए । तमिलनाडुकी लोकप्रिय मुख्यमन्त्री जयललिताको निधनपछि रजनीले राजनीतिमा प्रवेश गर्ने धेरैको अनुमान थियो ।

अब उनलाई जनताले अभिनेता नै भएको मात्र हेर्छन् कि नेता पनि । उनले आफ्नो जीवनमा घटेका महत्वपूर्ण घटनाबारे जाकारी दिँदैछौं ।

को हुन् राजनीकान्त ?

सन् १९१२ डिसैम्बर १५ मा जन्मिएका उनको बाल्यकालको नाम शिवजी हो । यहाँ शिवाजी राव धेरै दुःख कष्ट झेल्दै रजनीकान्त सुपरस्टार बने ।

रजनीकान्त ५ वर्षका पुगेपेपछि उनकी आमाको निधन भयो । आमाको निधनले विछिप्त बनेका उनीमाथि गरिबि पनि त्यत्तिकै भयावह थियो । घर चलाउनका लागि उनले ज्यामीको काम गरे । सुपस्टार बन्नुभन्दा पहिले रजनीकान्त बसको कन्डक्टर थिए ।

रजनीकान्तका साथीले उनको हिरो बन्ने सपना पूरा गरिदिएका थिए । उनलाई सबैभन्दा पहिले मद्रास फिल्म इन्डस्ट्रिजमा पुर्याइदिएका थिए । यिनिहरुबीच अहिले पनि उत्तिकै मित्रता छ ।

रजनीकान्तले तमिल फिल्म इन्डस्ट्रीमा एन्ट्री बालचन्द्रको फिल्म ‘अपूर्वा रागनगाल’ मा अभिनय गरेका थिए ।

उनले आफ्नो अभिनयको शुरुवात’कन्नड़ नाटकों’बाट गरेका थिए । दुर्योधनको भूमिकामा रहेका रजनीकान्त निकै लोकप्रिय बने ।

धेरैवटा भिलेन रोलमा भूमिका निर्वाह गरेका रजनीकान्त पहिलोपटक एसपी मुथुरमनको फिल्म भुवन को रोलमा नायकको भूमिकामा खेलेका थिए ।

रजनीकान्तको पहलो व्यावसायिक सफलता बिल्ला फिल्ममा मिलेको थियो । १९७८ मा अमिताभ बच्चन अभिनित फिल्म डन बिल्लाबाट सफलता पाएका थिए ।

रजनीकान्त एक कन्नड नाटकमां अभिनय गरिरहेका थिए । त्यसैबखत उनले चलचित्र निर्देशक बालचन्द्रलाई भेटे र निर्देशकले उनको अभिनय हेरेर तमिल सिक्न आग्रह गरे ।

टी रामा रावको फिल्म ‘अन्धो कानून’ रजनीकान्तको पहिलो हिन्दी चलचित्र हो । यस फिल्ममा अमिताभ बच्चन, हेमा मालिनी र रीना राय थिए ।

१९८५ मा सुपरस्टार रजनीकान्तले १०० चलचित्रमा अभिनय गरिसकेका थिए । श्री राघवेंद्र रजनीकांत की १०० औं चलचित्र ‘हिंदू संत राघवेंद्र स्वामी’ को रोल निभाएका थिए ।

तमिल, हिन्दी, मलयालम, कन्नड़ र तेलुगूका साथ रजनीकान्तले भाग्य देबता नाम को एक बगाली चलचित्रमा पनि अभिनय गरेका थिए ।