पु.समाचार

भक्तपुरमा प्रहरीले चलाएको मोटरसाइकल दुर्घटना , श्रीमतीको मृत्यु

भक्तपुर । भक्तपुरको सिपाडोलमा प्रहरी नायव निरीक्षक (सइ)ले चलाएको मोटरसाइकल दुर्घटना हुदाँ उनको श्रीमतीको मृत्यु भएको छ ।

प्रहरी नायब निरीक्षक सुन्दर खड्काले चलाएको मोटरसाइकल दुर्घटना हुँदाको उनको श्रीमती पवित्रा थापा खड्काको मृत्यु भएको हो । दुर्घटनामा खड्का पनि घाइते भएका छन् । उनको प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

महानगरिय प्रहरी वृत्त बालाजुमा कार्यरत खड्का आशापुरीबाट डोलेश्वरतर्फ जाँदै गर्दा उनले चलाएको मोटरसाइकल दुर्घटनामा परेको भक्तपुर प्रहरीले जनाएको छ ।