खेलकुद

इंग्लिस प्रिमियर लिग: चेल्सी र लिभरपुल विजयी

एजेन्सी । चेल्सी र लिभरपुलले शनिबार राति इंग्लिस प्रिमियर लिगमा महत्त्वपूर्ण जित निकालेका छन् । म्यानचेस्टर युनाइटेडले भने अर्को निराशाजनक बराबरी नतिजा बेहोरेको छ ।

चेल्सीले स्टोक सिटीलाई ५–० ले हरायो भने लिभरपुलले लेस्टर सिटीमाथि २–१ को जित निकाल्यो । म्यानचेस्टरलाई भने उसकै घरमा साउथह्याम्पटनले गोलरहित बराबरीमा रोक्यो ।

यस्तै बर्नमाउथले एभरटन र स्वान्सीले वाटफोर्डले समान २–१ ले हरायो । अरु खेलमा हडर्सफिल्ड र बर्नली र न्युकासल र ब्राइटनले गोलरहित बराबरी खेले ।