खेलकुद

चौथो सगरमाथा अन्तराष्ट्रिय कराते हुने

काठमाण्डौ । नेपाल सितोरियो कराते संघको बार्षिक कार्यक्रम अनुसार, शाखा डोजो नक्सालको १९ औं बार्षिकोत्सवको अवशरमा,चौथो सगरमाथा अन्तराष्ट्रीय कराते प्रतियोगिता यही पौष २७ गते बिहिवार देखि शुरु हुने भएको छ ।

प्रतियोगितामा नेपाल सहित मित्र राष्ट्रहरु भारत ,बंगलादेश र भुटानका करिव दुई हजार खेलाडीहरुको सहभागिता रहनेछ । पुरुष तर्फको जुनियर तथा क्याडेट ईभेन्टसमा २३, २५, २७, ३०, ३३, ३५, ४० र पुरुष कै सिनियर तर्फ ४५, ५०, ५५, ६० र ६७ ७५ किलो तौल समुह र एकल काता गरी १४ ईभेन्टस् र महिला तर्फ जुनियर तथा क्याडेट २३, २५, २७, ३०, ३३, ३५, ४० र महिला कै सिनियर तर्फ ४५, ५०, ५५, ६१ र ६७।६८ किलो तौल समुहमा र एकल काता गरी १४ ईभेन्टस् गरी कुल २८ स्वर्णका निम्ति प्रतिस्पर्धा हुने कुरा,प्रतियोगिता संयोजक एबम् शाखा डोजो नक्सालका प्रमुख प्रशिक्षक ईश्वर थापा गजेन्द्र ले जानकारी गराए । प्रत्येक बर्ष आफ्नो बार्षिक कार्यक्रम र खेल गतिविधि सन्चालन गर्ने मुलुक भरिका डोजो मध्ये कै चर्चित डोजोको रुपमा स्थापित यस शाखा डोजो नक्सालले यस अघि आफ्नो १८ बर्षे यात्रा पुरा गर्दै १८ वटा बिभिन्न प्रतियोगिता सम्पन्न गरिसकेकाछन् भने, यो कार्यक्रम समग्रमा नक्सालको १९ औं कार्यक्रम हो ।

दुई दिन सम्म निरन्तर चल्ने उक्त प्रतियोगिताका खेलहरु नक्साल नारायणचौर स्थित स्टार भेन्यु पार्टी प्यालेशमा संचालन हुनेछ ।