खेलकुद

न्यु समिट सेमिफाइनलमा

काठमाण्डौ । न्यु समिट दोश्रो वीर गणेशमान सिंह अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
न्यु समिटले ह्वाइटहाउसलाई ४१–३३ ले पराजित ग¥यो । न्यु समिटको जितमा प्रवीणले १५ अंक योगदान गरे । न्यु समिट समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यो समूहबाट सीसीआरसी यसअघि नै विजेता बन्दै सेमिफाइनलमा पुगिसकेको छ ।

समूह ‘बी’ को लिग खेलमा टाइम्सले लुम्बिनीलाई ३२–२६ ले हराउदै विजेताका रुपमा सेमिफाइनलमा पुग्यो । टाइम्सका सुजन लिम्बूले १२ अंक जोडे । नेपाल मेगा समूह उपविजेताका हैसियतले सेमिफाइनल यात्रा तय गर्न सफल रह्यो । सेमिफाइनलमा सीसीआरसीको भेट नेपाल मेगासंग हुनेछ भने टाइम्सले न्यु समिटको सामना गर्नेछ ।