खेलकुद

बृहस्पतिको वाकाथन र रोड रेस

काठमाण्डौ । बृहस्पति विद्या सदनको आयोजनामा वाकाथन र रोड रेस शनिबार सम्पन्न भएको छ । कक्षा ६ को ३।५ किलोमिटर दौडको ब्वाइजमा डेविद थापा र गल्र्समा साम्राज्ञी पोखरेल पहिलो भए । सोही स्पर्धाको कक्षा ७ को ब्वाइजमा लुजाउ धुन्जु र गल्र्समा श्रृष्टि श्रेष्ठले स्वर्ण जिते ।
त्यस्तै ५ किलोमिटर दौडको कक्षा ८ तर्फ ब्वाइजमा अंकुश अधिकारी र गल्र्समा नेहा श्रेष्ठ, कक्षा ९ को ब्वाइजमा सोनाम राप्के शेर्पा र गल्र्समा रविना सिंह तथा कक्षा १० को ब्वाइजमा ईशान राई पहिलो भए । सोही अवसरमा वाकाथन पनि आयोजना गरिएको थियो ।
आफ्नो टोल छिमेक सफा राखौं र सुरुआत आफैबाट गरौं भन्ने सन्देश दिने उद्देश्यले आयोजना गरिएको दौड र वाकाथनमा ५ सयको सहभागिता रहेको आयोजकले जनाएको छ ।