विचार/ब्लग

मेलमिलाप दिवशको सान्र्दभिकता र काँग्रेस रुपान्तरणको सवाल

तारक प्रतिभा/
आजभन्दा ठिक ४१ बर्ष अगाडि नेपालमा प्रजातान्त्रिक समाजवादका स्वप्नद्रस्टा महामानव बिपी कोइराला राष्ट्रियतामाथी संकट आईपरेको महशुस गरी राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्किएको दिनको सम्झनामा नेपालमा राष्टिय एकता तथा मेलमिलाप दिवश मनाउने गरिएको छ । बिपी कोइरालाको यो अभियानमा लौह पुरुष गणेशमान सिंह, काग्रेस नेतृ शैलजा आचार्य र काग्रेस नेता खुमबहादुर खड्का लगायतका नेताहरु सहभागी भएका थिए । इतिहासलाई एक पटक पछाडि फर्केर हेर्ने हो भने वि.स. २०१७ मा राजा महेन्द्रले नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्दे गर्दा तत्कालीन प्रधानमन्त्री बिपी कोइराला लगायत काँग्रेसका नेताहरुलाई प्रक्राउका साथै जेल चलान गरी मुलुकमा एकदलीय पञ्चायती शासन व्यवस्था लादेका थिए ।

त्यसैक्रममा महामानव कोइराला लगायतका नेताहरु जेल जिवन बिताउन बाध्य भएका थिए । केही समय जेल जीवन बिताए पछि वि.स. २०२५ मा भारत प्रवासमा गएका कोइराला सहितका नेताहरु राष्ट्रियता खतरामा परेको महसुस भएको ठहर गर्दे आठवर्षे निर्वाशन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्किएका थिए । अरुको मुलुकमा बसेर आफनो मुलुक र जनताको स्वाधिनता र स्वतन्त्रताको रक्षा र सम्र्बद्धन हुन सक्दैन भन्ने तात्पर्य सहित उहाले यो कदमलाई अख्तियार गर्नुभएको छर्लगं छ ।

तत्कालीन शासकहरुदारा कोइरालाले मृत्युदण्डको सजाय समेत भोग्नु पर्ने अवस्था रहेको थियो । तर मृत्युदण्डको सजायलाई समेत कोइरालाले कुनै प्रवाह नगरी स्वदेश फर्किएका थिए महामानव कोइराला । मृत्युदण्डलाई बेवास्ता गर्दे स्वदेश फर्किएका कोइरालाले तत्कालिन समयममा राष्ट्रियता मजबुत बनाउनका लागि राजा र काँग्रेस एक हुन आव्हान समेत गरेका थिए । तर राजा महेन्द्रले कोइरालाको आव्हानलाई बेवास्ता गर्दे उनलाई अपराधीलाई जस्तै व्यवहारी गरी सुन्दरीजलमा जेल चलान गरेका थिए ।

राजा महेन्द्रको त्यहि गलत निर्णयका कारण आज मुलुकबाट २४० बर्ष लामो राजतन्त्र समेत अन्त्य हुन पुगेको छ । तत्कालिन समयको छिमेकी मुलुक भारतको नीतिलाई नजिकबाट नियालेर हेर्न हो भने भारतले विस्तारवादी नीति अवलम्बन गरेको प्रष्टै बुझिन्छ । भारतको उक्त नीतिका कारण नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा रहेको थियो । यस्तो अवस्थामा महामानव कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्कर्ने जुन निर्णय गरे । उक्त कदम नेपालको राजनितिमा सुदुर भबिश्यसम्म समेत सार्थक रहने छ । किनकि कोइराला विस २०३३ पुस १६ गते राष्ट्रिय मेलमिलापको निती लिएर स्वदेश नफर्किएको भए आज हामी नेपाली हौ भनेर भन्न समेत पाउँथ्यौ कि पाउँदैन्थ्यौ भन्न सकिने थिएन ।

राष्ट्रियता, प्रजातन्त्र र समृद्धि मेलमिलापबाट मात्रै सुनिश्चित हुने भन्दै नेपाली काँग्रेसले अवलम्बन गरेको मेलमिलापको नीतिको अपरिहार्यता अहिले पनि उत्तिकै सान्दर्भिक रहेकाले आज देशभर विविध कार्यक्रम आयोजना गरी राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै छ । मुलुकको सार्वभौमसत्ता रक्षा गर्न र नेपाली जनताको स्वाभिमान स्थापना गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको अगुवाई र सुझबुझपुर्ण परिपक्व निर्णयका कारण उक्त कदम लिईएको पाईन्छ ।

“जनादेश र मतादेशलाई सम्मान गर्दै जनताले काँग्रेस समयानुकुल सच्चिन र सुध्रन साथै परिवर्तित सन्र्दभमा समयमा सो अनुकुल हुन र समावजादी र निति तथा कार्यक्रमलाई अंगिकार गर्नुपर्ने, आफना भित्रका तमाम विकृति र अस्तव्यस्ततालाई शिघ्र ब्यवस्थापन गर्दै, पार्टीमा मौलाउदै गएको चाकडी, चाप्लसी, तिकडम र केवल नेताको दैलोमात्र चाहार्ने र व्यक्तिको देवत्करणमात्र गर्ने प्रवृतिको अन्त्य गर्दै मुल्याकंन पद्धतिलाई थप शसक्त र मजबुत गर्दै पद र अवसरहरुको न्यायोचित र समान वितरण गर्दै व्यवस्थित र संरचनागत ठंगले पार्टी संगठन परिचालन र व्यवस्थित गर्नेतर्फ नसोच्ने र केवल ढोगी, पाखण्डी र परिक्रमी प्रवृतिलाई अझ बडावा दिदै जाने, राष्टियता र राष्ट्रमाथी आईपर्ने समस्याका सन्र्दभमा समयमा आफनो धारणा नराख्ने, कर्मशिल नहुने केवल अरुको बिग्रेकै भरमा आफनो सप्रन्छ भनेर अल्छी र दास मानसिकतामात्र बोकेर बस्ने हो भने आगामी दिनमा हामी अस्पतालबाट घाटको यात्रातर्फ उन्मुख नहुनेमा दुईमत छैन ।”

देशभित्रका समस्याको समाधान सार्वभौम जनताबाट नै गरिनुपर्दछ र त्यसका लागि उनीहरूलाई सचेत र जागरुक बनाउनुपर्दछ र आफनो मुलुकमा चेतना र जागरण फैलाउनुपर्छ भन्ने उद्देश्यका साथ नेताहरू आफ्नो ज्यानको बाजी लगाएर स्वदेश फर्कनुभएको थियो । दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक खिचातानीबाट नेपाललाई बचाउन आजकै दिन आफू माथिको मृत्युदण्ड जस्तो कठोर मुद्दालाई बेवास्ता गर्दै स्वदेश फर्कनुभएका बिपीले मुलकको सार्वभौम सत्ता रक्षाका लागि आफनै मुलुकमा राजनीतिक दल र राजा मिल्नुपर्ने धारणा राख्नुभएको थियो । तर अहंकारी राजा महेन्द्रले विपि कोइरालाको उक्त राष्टहिसंग सम्बन्धित मुद्धालाई पुरापुर बेवास्ता गर्दै विसं २०१७ मा नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालालगायत काँग्रेसका नेताहरुलाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती कालरात्रीको सुरुवात गरेका थिए ।

पञ्चायति व्यवस्थाको कठोर दमनुंग संघर्ष गर्दै केही समय जेल जीवन बिताइ सकेपछि विसं २०२५ मा भारत प्रवासमा जानुभएका विपि कोईराला लगायतका नेताहरु राष्ट्रियतामाथि खतरा आएको निष्कर्श सहित आठवर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर स्वदेश फर्किनु भएको थियो । भारतको तत्कालीन विस्तारवादी नीतिबाट नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि आजैका दिन स्वदेश फर्कनुभएका बिपीलगायत नेताहरुलाई राजा महेन्द्रले भने मेलमिलाप त परै जाओस् उल्टै त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाटै पक्राउ गरी तत्कालीन सुन्दरीजल बन्दीगृहमा ल्याई बन्दी बनाएको इतिहासबाट छलंगं बुझन सकिन्छ । प्रजातन्त्र स्थापना र जनअधिकारका सन्दर्भमा राजा र काँग्रेस पार्टीका बीचमा द्वन्द भए पनि मुलुकको राष्ट्रियताका सवालमा राजतन्त्र र काँग्रेस एक हुनुपर्छ भन्ने मान्यता सहित स्वदेश फर्कनुभएका महामानव बिपी कोइरालालाई राजा महेन्द्रले भने अपराधीको जस्तो व्यवहार गरेर बन्दी बनाएका थिए ।

प्रजातन्त्रको स्थापना र संरक्षणमा आजीवन सङ्घर्ष गर्नुभएका बिपी कोइराला कुनै दल विशेषको मात्र नभई सम्पूर्ण मुलुककै राजनेताका रुपमा चिनिनुुहुन्छ । बिपीको राष्ट्रिय एकता र मेलमिलापको सन्देश तत्कालीन राजनीतिक परिवेशमा मात्र नभई आज दलहरुको बीच देखिएको आपसी अविश्वास र असमझदारी हटाई राजनैतिक समझदारी र सह अस्तित्वको वातावरण निर्माणका लागि पनि झन सान्दर्भिक देखिएको छ । राजनीति मात्र नभइ नेपाली साहित्यमा पनि छुट्टै पहिचान बनाउनुभएका बिपीका साहित्यक रचना र सन्देशले नेपाली समाज रुपान्तरण र परिवर्तनमा ठूलो योगदान पु¥याएको छ । नेपालमा बिपीले राजनीतिक अधिकारका रूपमा प्रजातन्त्र र आर्थिक उन्नतिका लागि समाजवादका नाममा अघि सार्नुभएको दृष्टिकोण आज पर्यन्त जीवन्त र आवश्यक छ ।

गणतन्त्रको रक्षा सङ्घीयता कार्यन्वयन र लोकतन्त्रको संस्थागत विकास र जनताको समबृद्धीका लागि सरकारको नेतृत्वसमेत सम्हालेका कारण काँग्रेसकै काँधमा ठूलो जिम्मेवारी देखिएको छ । दिशाहिन र गतिहिन बन्दै गएको नेपालको वर्तमान तरलिकृत राजनैतिक अवस्थामा प्रजातान्त्रिक समाजवादका स्वप्नद्रस्टा विपि कोईरालाले अगाढी सारेको राष्टिय एकता तथा मेलमिलाप दिवशको सान्र्दभिकता र अपरिहार्यता दिनानुदिन सिद्ध हुँदै गएको छ ।

बदलिएको राजनैतिक परिदृश्यमा काँग्रेसले आफुलाई सुधार गर्दै शसक्त र रचनात्मक प्रतिपक्षको रुपमा जनताका सवालमा आफुलाई उभ्याउनुपर्ने र नेपाली समाज र माटो सुहाउदो समाजवादको यात्रामा समाहित गराउने यो स्वर्णिम अवसरबाट चुक्नु हुदैन । जनादेश र मतादेशलाई सम्मान गर्दै जनताले काँग्रेस समयानुकुल सच्चिन र सुध्रन साथै परिवर्तित सन्र्दभमा समयमा सो अनुकुल हुन र समावजादी र निति तथा कार्यक्रमलाई अंगिकार गर्नुपर्ने, आफना भित्रका तमाम विकृति र अस्तव्यस्ततालाई शिघ्र ब्यवस्थापन गर्दै, पार्टीमा मौलाउदै गएको चाकडी, चाप्लसी, तिकडम र केवल नेताको दैलोमात्र चाहार्ने र व्यक्तिको देवत्करणमात्र गर्ने प्रवृतिको अन्त्य गर्दै मुल्याकंन पद्धतिलाई थप शसक्त र मजबुत गर्दै पद र अवसरहरुको न्यायोचित र समान वितरण गर्दै व्यवस्थित र संरचनागत ठंगले पार्टी संगठन परिचालन र व्यवस्थित गर्नेतर्फ नसोच्ने र केवल ढोगी, पाखण्डी र परिक्रमी प्रवृतिलाई अझ बडावा दिदै जाने, राष्टियता र राष्ट्रमाथी आईपर्ने समस्याका सन्र्दभमा समयमा आफनो धारणा नराख्ने, कर्मशिल नहुने केवल अरुको बिग्रेकै भरमा आफनो सप्रन्छ भनेर अल्छी र दास मानसिकतामात्र बोकेर बस्ने हो भने आगामी दिनमा हामी अस्पतालबाट घाटको यात्रातर्फ उन्मुख नहुनेमा दुईमत छैन ।

तसर्थ पार्टी भित्रका सवै अन्यौलता र अस्तव्यस्ततालाई ठिकठाक गर्दै सामुहिक छलफल, विचारको बहस, प्रशिक्षण, गतिविधिहरुको अभिलेखिकरण,वैचारिक प्रकाशन प्रसारण र विचार प्रवाह र जनताका हरेक समस्यमा पार्टी संगठनलाई जोडेर अगाढी बढ्ने हो भनेमात्र काँग्रेसले विपि कोईरालाले अगाढी सार्नुभएको समाजवादी निति र कार्यक्रमको व्यवहारिक कार्यन्यन, अभ्यास र प्रयोग हुनेछ ।