राजनीति

मेलमिलाप दिवशको अवशरमा नेविसंघकोे बृहत छलफल आज

काठमाडौं । नेपाली काँग्रेसको बिद्यार्थी भातृ संगठन नेपाल विद्यार्थी सघं केन्द्रिय समितिको गत ९ गते बसेको अनौपचारिक बैठकले पौष १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर राष्ट्रिय सभागृहमा बृहत अन्तरक्रिया तथा विचार गोष्टी कार्यक्रम गर्ने निर्णय गरेको थियो । मेलमिलापको निति लिएर विपि कोईराला निर्वाशन त्यागेर स्वेदेश फर्केको दिनको अवसरमा कार्यक्रम आयोजना गरिएको नेबिसंघले पठाएको विज्ञप्तीमा उल्लेख छ । साथै आवश्यक तयारीका लागी आईतबार काठमाण्डौमा उपलब्ध नेबिसंघका पदाधिकारी र केन्द्रिय सदस्य र स्ववियु पदाधिकारीको भेलाको समेत बोलाईएको जनाईएको छ ।

आजको सन्र्दभमा र राष्ट्रिय मेलमिलाप बिषयक विचार गोष्टीमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा पार्टीका महामन्त्री शसांक कोईराला सहित अन्य बरिस्ठ नेताहरु समेत सहभागी हुने कार्यक्रम भब्य रूपमा सप्पन्न गर्न आ आफ्नो ठाँउ बाट लाग्न अध्यक्ष नैनसिंह महरले निर्देशन दिएका छन् ।
यसका साथै मेलमिलाप दिवसको अवसरमा सम्पूर्ण इकाई, स्ववियु एवं जिल्ला कार्य समितिलाई समेत कार्यक्रम आयोजना गर्न नेबिसंघ केन्द्रले आग्रह गरेको छ । २०३३ साल पौष १६ गते विपि कोइराला मुलुक भित्रका समस्या मुलुकभित्र नै बसेर समाधान निकाल्नुपर्छ भन्ने दृढताका साथ स्वदेश फर्केको दिनको महत्व र राष्टिय एकता तथा मेलमिलाप दिवशको सान्र्दभिकतावारे स्पष्ट पार्नको लागी कार्यक्रम आयोजना गरिएको केन्द्रिय सदस्य तारक के.सीले सुर्यखबरलाई बताए ।