अन्तर्राष्ट्रिय

चर्च आक्रमणको आइएसले जिम्मा लियो

कायरो । इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा अवस्थिात एक चर्चमा भएको भीषण आक्रमणको इस्लामिक स्ट्टेस आइएस समूहले जिम्मा लिएको छ । यस आक्रमणमा नौ व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

फ्रान्स २४ का अनुसार यस आक्रमणको दाबी आइएस समूहले लिएको छ । कायरोको दक्षिणी क्षेत्रमा रहेको एउटा चर्चअगाडि एक बन्दूकधारी समूहले गरेको आक्रमणमा परी नौ व्यक्तिको मृत्यु भएको इजिप्टको गृह मन्त्रालयले शुक्रबार पुष्टि गरेको छ ।

स्थानीय सञ्चार माध्यमका अनसुार सुरक्षाबल र आक्रमणकारीबीच दोहोरो गोली हानाहान भएको र अन्त्यमा आक्रमणकारीले आफैले आफैलाई गोली प्रहार गरेर आत्महत्या गरेका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसीसँग गर्नु भएको टेलिफोन वार्तामा यस आक्रमणको निन्दा गरेका थिए ।

इजिप्टमा केही बर्ष क्रिस्चियन समूदायलक्षित बम र बन्दुक आक्रमण बढ्दै गएको पाइन्छ ।