आर्थिक

‘टिभिएस जुपिटर क्लासिक’ अब नेपाली बजारमा

काठमाण्डौ । टिभिएस मोर्टसको नेपालको लागि आधिकारी वितरक जगदम्बा मोर्टस्ले टिभिएसको उत्पादन ‘अल न्यु टिभिएस जुपिटर क्लासिक’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एभरेष्ट प्रिमियर लिगको फाइनल म्याचको दौरान यसको सार्वजनिक गरेको हो ।

एभरेष्ट प्रिमियर लिगको फाइनलमा भैरहवा ग्लाडिएटर र बिराटनगर वारियरबीच फाइनल खेल भएको थियो । टिभिएस एभरेष्ट प्रिमियर लिगको मुख्य प्रायोजक रहेको थियो । टिभिएसले जुपिटर क्लासिक एडिसनमा थुप्रै फिचरहरुको अपग्रेड गरेको छ भने, यसले ग्राहकको चाहनालाई पुरा गर्ने कम्पनीले विस्वास लिएका छ ।

चालकलाई सुखद अनुभूति र उच्च गति प्रदान गर्ने टिभिएस जुपिटर सडकमा समेत निकै आर्कषक देखिने कम्पनीको दाबी छ । यस क्लासिक संस्करणमा सनलाइट आइभोरी बडी कलर, डिकल्स, इलिगेन्टफुल क्रोम मिरर, क्रोम बास्केट, आर्कषक डिजाइन, स्मार्ट युएसबी चार्जर, आरामदायी २ जाना बस्न मिल्ने सिट लगायतका सुबिधा छन् ।

‘अल न्यु टिभिएस जुपिटर क्लासिक’ सावजनिक गर्दै शंकर ग्रुपका प्रबन्ध निर्देशक साहिल अग्रावालले भने, ‘टिभिएस जुपिटर क्लासिकले भारतीय बजारमा निकै ठूलो सफलता पाएपछि हामीले नेपाली बजारमा ल्याएका हौं ।’
यो स्कुटरले भारतीय बजारमा सनसनी पूर्ण उपलब्धि हाँसिल गरेको छ ।

‘टिभिएस जुपिटर क्लासिक’ पुरै आल्मुनियम बढि, ११० सिसि इन्जनबाट उच्चतम शक्ती उत्पन्न गर्छ, सुपेरियर एक्सीलेरेशन र निकै फियुल इफिसेन्सी रहेको छ ।

पूर्णत मेटल बढिमा निर्माण भएको जुपिटर क्लासिक सडकमा गुडाउँदा उच्चकोटीको सवारी साधन देख्न्छि । चलाउन निकै सजिलो यो स्कुटरमा टिभिएस प्याटेन्ट इकोमिटर जडान गरिएको छ । जसको सहायताले इको मोड र पावर मोड दुबैमा चलाउन सकिन्छ ।

इको मोडमा गुडाउँदा इन्धनमा निकै बचत हुने बताइएको छ । टिभिएस जुपिटर क्लासिकको मूल्य १ लाख ८९ हजार ९०० रुपैयाँ तोकिएको छ । नेपालभर रहेका हाम्रा सम्पूर्ण डिलर र शोरुम बाट पाउन सकिने छ ।