पु.समाचार

भूकम्प पीडितको बिजोगः नुवाकोटमा एक करोड रुपैयाँको राहत सामग्री जलाइयो

नुवाकोट । २०७२ बैशाखमा गएको भूकम्पमा प्रभावित भएकाहरूलाई वितरण गर्न भनेर आएको राहत सामग्री वितरण नै नगरी नष्ट गरिएको छ ।

भूकम्पपीडितकालागि वितरण गर्न भनेर आएको ठूलो मात्राको राहत सामग्री राखेको स्थानमै कुहिएपछि पीडितलाई वितरण नै नगरी शुक्रबार नष्ट गरिएको हो ।

२०७२ बैशाख र जेठमा प्रप्त भएको राहत सामग्री जिल्ला प्रशासन कार्यालय र राजनीतिक दलबीच वितरण स्थान छनोट सम्बन्धमा विवाद भएपछि समयमै बितरण नभएको स्थानीयले बताएका छन् । राहत सामग्री भण्डारण गरिएको ठाउँमै कुहिएपछि जिल्ला दैवीप्रकोप उद्धार समितिले नष्ट गरेको हो ।

जिल्ला दैवीप्रकोप उद्धार समितिका अनुसार एक करोड रुपैयाँ भन्दा बढीका सामग्री नष्ट गरेको छ ।