शिक्षा

बुबाको जन्मदिनमा विद्यार्थीलाई झोला

आठराई । आफ्ना पिताको जन्मदिनको अवसरमा एक समाजसेवीले विद्यालय झोला वितरण गरेका छन् ।

ज्ञान प्रकाश नारायण सेवा समाजका अध्यक्ष डा वेदप्रकाश उप्रेतीले आफ्ना पिता समाजसेवी लक्ष्मीप्रसाद उप्रेतीको ९७ औँ जन्मजयन्तीका अवसरमा तेह्रथुम आठराई गाउँपालिका–६ चुहानडाँडाका ५२० विद्यार्थीलाई विद्यायल झोला वितरण गरेका हुन् ।

साविक चुहानडाँडा गाविसका आठ सामुदायिक र एक निजी विद्यालय गरी नौ वटा विद्यालयका कक्षा ५ सम्मका विद्यार्थीलाई पढाइप्रति उत्प्रेरणा जगाउने उद्देश्यले उक्त झोला वितरण गरिएको तेह्रथुम बहुमुखी क्याम्पस चुहानडाँडाका प्रध्यापक दीपकराज उप्रेतीले जानकारी दिए ।

नवनिर्वाचित प्रदेशसभा सदस्य सम्मानित

नेकपा (एमाले)बाट तेह्रथुम प्रदेशसभा सदस्य (ख)मा निर्वाचित तेजमान कन्दङवालाई उप्रेती सेवा समाज आठराईले हिजो एक कार्यक्रमबीच सम्मानपत्र, दोसल्ला र अबीर–मालाले सम्मान गरेको छ ।

कार्यक्रममा उप्रेती समाजका ९७ वर्षीय लक्ष्मीप्रसाद उप्रेतीलगायतका ज्येष्ठ नागरिकलाई पनि सम्मान गरेको उप्रेती सेवा समाजका सदस्य दीपकराज उप्रेतीले जानकारी दिए ।

सो अवसरमा सम्मानित व्यक्तित्व कन्दङवाले तेह्रथुमको विकासका लागि निरन्तर लागिरहने बताए । समाजका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको सभापतत्वमा कार्यक्रम सम्पन्न भयो ।