खेलकुद

विराटनगर वारियर्सले दियो भैरहवालाई १ सय ५० रनको चुनौती

काठमाण्डौ । एस एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटको उपाधिका लागि विराटनगर वारियर्सले भैरहवा ग्ल्याडिएटर्स सामु १ सय ५० रनको चुनौती प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रनको मध्यम योगफल तयार पारेको हो । विराटनगरको ईनिङसमा अन्सुमान राथले ४१ रन बनाए । पारस खड्काले २७ र अनिल कुमार शाहले २२ रन जोडे ।

प्रनित थापा मगर १४, बाबर हायात ११ र आसिफ शेख ७ रन बनाउँदै पभेलियन फर्के । करण केसी ९ र बसन्त रेग्मी ३ रनमा अविजित रहे । हरिशंकर शाह र कृष्ण कार्कीले विराटनगरको २–२ तथा आरिफ शेख र शरद भेषावकरले एक–एक विकेट हात पारे । १ सय ५० रनको चुनौती सहित भैरहवा केहिबेरपछि जवाफि ब्याटिङमा उत्रनेछ ।

६ फ्रेन्चाइज टोली सहभागी प्रतियोगिताको उपाधी विजेताले २१ लाख रुपैयाँ हात पार्नेछ ।