सामाजिक सञ्जाल

साहित्यकार खगेन्द्र संग्रौलाले ओली र दाहाललाई अर्धाङ्ग भन्दै हाने कडा झापड !

काठमाण्डौ । साहित्यकार खगेन्द्र संग्रौलाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई अर्धाङ्गको संज्ञा दिएका छन् ।

सामाजिक सञ्जालमा एक ट्विट गर्दै उनले उस्तो झटारो हानेका हुन् । माओवादी र उमाले पार्टी एकता गर्न लागेको विषयलाई केलाउँदै उनले पीके अर्थात पुष्पकमल दाहाल विधेयक सदर गर्न राट्रपतिलाई दबाब दिने तर केपी ओली दबाबको उग्र विरोध गर्ने बताएका छन् ।

उनले भनेका छन्, ‘एकताउन्मुख भनिने गठेवामका पीके र केपी सार्वजनिक अभिनयमा एकअर्काका वैचारिक अर्धाङ्गजस्ता लाग्छन् । तर यिनै अर्धाङ्गमध्ये पीके विधेयक सदर गर्न राष्ट्रपतिलाई दबाब दिने,केपी दबाबको उग्र विरोध गर्ने१यो मतान्तर प्रायोजित नाटक हो कि अर्धाङ्गको यो अभिनय केवल नखरा हो रहस्यजीवी मान्यवर ?’