सामाजिक सञ्जाल

पार्टीलाई बदनाम गरेको भन्दै कमल थापाले मन्त्री गिरीमाथि हाने कडा प्रहार !

काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पाटीृका अध्यक्ष कमल थापाले सहरी विकास मन्त्री दिलनाथ गिरी पदमुक्त भएको घोषणा गरेका छन् ।

शुक्रबार एक ट्विट गर्दै अध्यक्ष थापाले नयाँ सरकार गठन हुनलागेको अवस्थामा मन्त्रालयको सचिव सरुवा उपयुक्त नुहने गिरीले पदको दुरुपयोग गरेको आरोप लगाउँदै अध्यक्ष थापाले यस्तो घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘दिलनाथ गिरी पदमुक्त– चुनाव सम्पन्न भै केही हप्तामा नयाँ सरकार गठन हुनलागेको अवस्थामा मन्त्रालयको सचिव सरुवा उपयुक्त हुंदैन । मन्त्री पदको मर्यादा कायम राख्न नसक्ने, पार्टी अनुशासन उल्लंघन गर्ने तथा निहित स्वार्थकालागि पार्टीलाई बदनाम गर्ने प्रयासलाई नियन्त्रण गर्नु पार्टीको कर्तब्य हो ।’