राजनीति

भ्रष्टाचारमा चुर्लुम्म डुबेका कारण काँग्रेसले पराजय बेहोर्‍योः नेता नेपाल

काठमाण्डौ । नेकपा एमालेका नेता माधवकुमार नेपालले भ्रष्टाचारमा चुर्लुम्म डुबेका कारण काँग्रेसले पराजय बेहोरहेको दाबी गरेका छन् ।

राजधानीमा शनिबार आयोजित कार्यक्रममा उनले जनतालाई सुशासनको प्रत्याभूति दिन नसकेकैले काँग्रेसले हारको सामना गर्नुपरेको दाबी गरे ।

काँग्रेसमा गतिहीन, जिम्मेवारी हिन र जनताप्रति बेवास्ताको भावना बढ्दै गएको उनको टिप्पणी थियो । उनले निकै आशा भरोसा गरेर जिम्मेवारी दिएको भन्दै वाम गठबन्धनले सरकारको नेतृत्व गर्दा सुशासनमा जोड दिनुपर्ने जानकारी दिए ।

‘वाम गठबन्धनले सरकार बनाउन गइरहेको, यी कुराहरूबाट पाठ सिक्नुपर्छ’, उनले भने, ’हामीले खबरदारी गर्नुपर्छ ।’

त्यस्तै नेता नेपालले सरकार सञ्चालन गर्दा पुरस्कार र दण्डको यथोचित व्यवस्था गर्ने भन्दै ढिलासुस्तीबाट छुटकारा दिलाउन नसक्ने हो भने सुशासनको प्रत्याभूति हुन नसक्ने दाबी गरे ।