पु.समाचार

जब रातो टोपी लगाएर लालबाबु पण्डित क्रिकेट हेर्न कीर्तिपुर पुगे…

काठमाण्डौ । एभरेष्ट प्रिमियर लिग (इपिएल)को फाइनल खेल हेर्न पूर्व मन्त्री लालबाबु पण्डित पनि कीर्तिपुर मैदानमा पुगेका छन् । ‘साइकलमन्त्री’का नामले परिचित पण्डित मञ्चमा रातो टोपी लगाएर खेल हेरिरहेका देखिन्छन् ।

लालबाबु खेल क्षेत्रमा पनि त्यत्तिकै चासो राख्ने व्यक्तिका रुपमा चिनिन्छन् । संयोग के छ भने लालबाबु विराटगर वारियर्स टिमको समर्थन गर्दै खेल हेर्न गएका बुझिएको छ ।

आज विराटनगर वारियर्स र भैरहवा ग्ल्याडिएटर्सबीच फाइनल खेल भैरहेको छ । विराटनगरले टस जितेर ब्याटिङ गरिरहेको छ ।

मैदानमा खेल हेर्न अन्य दिनभन्दा कैयौं गुना दर्शक जुटेका छन् ।