खेलकुद

रोनाल्डो रियल मड्रिड छोड्न तयार !

एजेन्सी । आफ्नो पारिश्रमिक नबढेपछि स्ट्राइकर क्रिष्टियानो रोनाल्डो रियल मड्रिड छोड्न तयार रहेका छन् । रोनाल्डो एक सय मिलियन युरो पाए अन्य क्लबमा जान तयार रहेको बेलायती पत्रिका डेलीरेकर्डले जनाएको छ ।

डेलीरेकर्डका अरुसार रोनाल्डो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड तथा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन मध्ये एकमा जान सक्ने संकेत देखिएको छ ।

रोनाल्डोल सन् २०१६ मा पाँच सिजनका लागि गरेको सम्झौतामा उनको रिलिज क्लब एक बिलियन युरो रहेको छ । रोनाल्डोका सहयोगी तथा एजेन्टले उनको अनुबन्ध मूल्य रिलिज क्लबको दश भाग मध्ये एक भाग वा त्यो भन्दा कम राख्न आग्रह गरेका छन् ।

पछिल्लो समय रियल मड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेज र रोनाल्डोको सम्बन्ध चिसिदै गएको समाचारमा जनाइएको छ । अहिले रोनाल्डो रियलका अध्यक्षसँग बोल्न समेत बन्ध गरेका छन् ।

अहिले रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी तथा पिएसजीका नेइमार भन्दा कम पारिश्रमिक पाउदै आएका छन् । यस्तै रियल मड्रिडले अर्का स्टार नेइमारलाई क्लबमा भित्र्याउन खोज्दा पनि रोनाल्डो तनाबमा देखिएका छन् ।