राजनीति

समानुपातिक सांसदः काँग्रेस, माओवादी र राजपाबाट को–को परे ? (सूचीसहित)

काठमाण्डौ । नेपाली काँग्रेसले प्रदेशतर्फको ७२ जना सांसदको टुंगो लगाएको छ । काँग्रेसको कार्यसम्पादन बैठकले शुक्रबार अबेर राति अन्तिम सूची बनाएर निर्वाचन आयोगमा पेस गरेको केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए ।

काँग्रेसले समानुपातिक तर्फ प्रदेश एकमा १३, दुईमा ११, तीनमा १४, चारमा ९, पाँचमा १२, छमा ५ र सातमा ८ सिट जितेको छ।

प्रदेश १

सन्जा कुमारी दनुवार, लिला सुब्बा, ज्योति सुब्बा, शेखरचन्द्र थापा, सीतादेवी पौडेल, विन्दिया कार्की, नवोदिता कुमारी चौधरी, टंगचन्द्र विश्वास, ओम सरावगी, लोकप्रसाद संग्रौला, प्रतापप्रकाश हाङमाङ, विद्यानन्द चौधरी, चन्द्रप्रसाद श्रेष्ठ,

प्रदेश २

शिवचन्द्र चौधरी, ओमप्रकाश शर्मा, सरस्वती चौधरी, गीताकुमारी यादव, मन्जुकुमारी यादव, असियादेवी थरुनी, प्रमिलादेवी दास, श्यामपरी देवी, नरेशकुमार यादव, शेखररसिद अली, सल्मा खातुन,

प्रदेश ३

मिलन श्रेष्ठ, राजेन्द्र गुरुङ, न्हुच्छेनारायण श्रेष्ठ, शान्तबहादुर प्रजा, राधा घले, जीवन डंगोल, विजया श्रेष्ठ, रजनी जोन्छे, राजाराम कार्की, बलराम पौडेल, भीमसेन खत्री, गीता वाग्ले, बिजुला बर्मा, कल्पना नेपाली,

प्रदेश ४

मेखलाल श्रेष्ठ, ललितकला गुरुङ, सरिता गुरुङ, मनकुमारी गुरुङ, मणिभद्र शर्मा कँडेल, ओमकला गौतम, कुमार खड्का, दोबाटे विश्वकर्मा, कोपिला बोहरा

प्रदेश ५

बलदेव शर्मा पोखरेल, निर्मला क्षेत्री, रमा अर्याल, वीरबहादुर राना, भुवनेश्वर चौधरी, पुष्पा थरुनी, माला गोतामे सुनार रुन्धावती दुवे, अर्जुनकुमार श्रेष्ठ, रिना विक, सूर्यमति उपाध्याय, याकुल अन्सारी,

प्रदेश ६

यज्ञबहादुर बिसी, हिमबहादुर शाही, अमृता शाही, दिनबन्धु श्रेष्ठ, झोवा विक,

प्रदेश ७
गोविन्द बोहोरा, देवराज पाठक, दिव्यश्वरी शाह, अम्बिकुमारी थापा, उमा वादी, श्यामला राना, कुमारीनन्द बम टेकबहादुर रैका छन् ।

राजपा र फोरमले बुझाए

राष्ट्रिय जनता पार्टी (राजपा) र मधेसी जनअधिकार फोरम नेपालले पनि समानुपातिक प्रदेशसभा सदस्य छनोट गरेका छन् । राजपाले प्रदेश २ मा १०, प्रदेश ५ र ७ मा एक–एक सदस्य छनोट गरेका हुन् । प्रदेश २ मा सात महिला र तीन पुरुष सिफारिस भएका छन् । राजपाले सूची भने औपचारिक रूपमा सार्वजनिक गरेको छैन । स्रोतका अनुसार प्रदेश २ मा राजपाले बबिता चौधरी, नीलमदेवी भूमिहारिन, अञ्जु कुमारी, पुनम यादव, डिम्पल झा, रामप्रवेश बैठा, लैला खातुन, रामनरेश राय, जानकी शरण साहको नाम सिफारिस गरेको छ । प्रदेश ५ र ७ को नाम भने गोप्य नै राखिएको छ ।

समानुपातिक सदस्य छनोटका विषयलाई लिएर असन्तुष्ट पक्षले राजपा कार्यालयसमेत तोडफोड गरेका छन् । फोरमले समानुपातिकमा प्राप्त सिट संख्या १३ जनाकै सूची पठाएको छ । फोरमले प्रदेश १ र ५ बाट २र२ सिट पाएको छ भने प्रदेश २ बाट ९ जना पाएको छ । त्यसअनुसार प्रदेश १ मा रामचन्द्र लिम्बू र रामकुमार यादव छन् । प्रदेश २ मा करिमा बेगम, भीमा यादव, सीमा सिंह, सञ्चोमाया मोक्तान, उषा राजकुमारी यादव, विन्दुकुमारी यादव, उपमा देव, चमेलीदेवी दास र किरणकुमारी यादवलाई छनोट गरिएको छ । प्रदेश ५ बाट गीताकुमारी श्रीवास्तव र लक्ष्मी चौधरीको नाम तय भएको छ  ।

माओवादीबाट को–को ?

माओवादी केन्द्रले प्रदेशसभाका समानुपातिकतर्फका सांसदहरूको नाम चयन गरेको छ । माओवादी केन्द्रीय कार्यालयको विस्तारित बैठकले शुक्रबार नाम टुंगो लगाएको हो । माओवादीले प्रदेशसभामा समानुपातिकतर्फ ३५ सिट पाएको छ । शुक्रबारै निर्वाचन आयोगलाई बुझाइएको नामावलीमा अधिकांश महिला छन् ।

सूचीअनुसार प्रदेश १ बाट सीता थेवे, कुशुमकुमारी श्रेष्ठ, शौभाग्य राई, सरस्वती पोखरेल र उमिता विश्वकर्मा, प्रदेश २ बाट जगतप्रसाद यादव, महम्मद समिर, रुविकुमारी कर्ण, प्रमिलाकुमारी यादव र फुलियादेवी सदा तथा प्रदेश ३ बाट दिनेश महर्जन, आङदेन्डी लामा, ओम घलान, हिमाली गोले, प्रतिमा श्रेष्ठ, सीता अधिकारी, भावना सुवेदी र कञ्चन खनाल छन् ।

यस्तै, प्रदेश ४ बाट गायत्री गुरुङ, मधु अधिकारी (गुरुङ), दिलमाया रोकामगर (गौतम), प्रदेश ५ बाट गीता थापा, दामाकुमारी शर्मा, पार्वती पुन (गहतराज), लौटी थारू, दीपा विक र सुष्मा यादव, प्रदेश ६ बाट पुष्पा घर्ती बिष्ट, सीताकुमारी नेपाली, विमला केसी र कृष्णा शाह तथा प्रदेश ७ बाट निर्मला बडाल (जोशी), कुन्ती जोशी, विनिता चौधरी र शान्ति नेपाली छन् ।