राजनीति

चुनावमा अन्र्तघात गर्ने काँग्रेस नेतामाथि कडा कारबाही !

ललितपुर । प्रतिनिधिसभा र प्रदेश निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन सक्रिय रहेको भन्दै ललितपुर काँग्रेस जिल्ला अनुशासन समितिले केही नेतालाई कारबाही सिफारिस गरेको छ ।

समितिका संयोजक नवराज महतका अनुसार पार्टीलाई अन्तरघात गरी विपक्षी दलहरूलाई सहयोग गर्ने क्षेत्र नं १ का महासमिति सदस्य कबेलबहादुर लामा, वाग्मती गाउँपालिकाका रामबहादुर लामा, क्षेत्रीय प्रतिनिधि बालकृष्ण विष्ट, क्रियाशील सदस्यहरू कृष्णगोपाल महर्जन र शैलेन्द्र विष्टलाई समितिले सिफारिस गरेको हो ।

क्षेत्र नं २ का महासमिति सदस्य रामकृष्ण चित्रकार, क्षेत्रीय सभापति महेश खड्का, चुनाव प्रचारप्रसार संयोजक गणेश सिलवाल, जिल्ला सदस्य सुरेन्द्रलाल श्रेष्ठ, क्षेत्रीय उपसभापति यज्ञ नेमकुल, महालक्ष्मी नगर समिति सचिव राजेन्द्र पौडेल, क्षेत्रीय प्रतिनिधि शशी श्रेष्ठलाई पनि कारबाही सिफारिस गरिएको छ ।

क्षेत्र नं ३ का महासमिति सदस्यहरू ओमकारप्रसाद श्रेष्ठ, जितेन्द्रकुमार श्रेष्ठ मलेकु, प्रमोद शर्मा, महाधिवेशन प्रतिनिधिहरू भरतलाल न्यांछ्यो, विकास रोका, जिल्ला सदस्य माधव खडका, केशव नापित, क्षेत्रीय प्रतिनिधि गोकुल खड्कालाई कारबाही सिफारिस गरिएको हो ।