राजनीति

आफूहरुलाई साँसद नबनाएको भन्दै पार्टी केन्द्रीय कार्यालय यसरी तोडफोड गरे

काठमाडौँ । प्रदेशसभाको समानुपातिक नामावलीमा आफ्नो नाम नपरेकोमा असन्तुष्ट जनाउँदै राष्ट्रिय जनता पार्टीका कार्यकर्ताहरुले महन्थ ठाकुर नेतृत्वको मधेशबादी दल राष्ट्रिय जनता पार्टीको केन्द्रीय कार्यालय तोडफोड गरेका छन् ।
राजपाको केन्द्रीय कार्यालयमा प्रदेश समानुपातिकमा आफ्नो नाम नपरेको भन्दै मधेश निजामती कर्मचारी महासंघका पूर्वअध्यक्ष विनोदकुमार सिंहलगायतले बबरमहलस्थित पार्टी कार्यालयको कुर्सी, टेबुल र सूचनापाटी तोडफोड गरेको पार्टीका महासचिव केशव झाले जानकारी दिए ।
महासचिव झाले कार्यालय तोडफोडप्रति भत्र्सना गर्दै घटनाबारे छानबिन गरी दोषीलाई पार्टीले कारबाही गर्ने बताएका छन् ।

राजपाले शुक्रबारमात्र आफ्ना प्रदेशका साँसदहरुको नामावली निर्बाचन आयोगमा पठाएको थियो । कर्मचारी यूनियनका नेता समेत रहेका नेता सिंहले समानुपातिकमा पार्टीबाट नाम सिफारिस भएपछि सरकारी जागिरबाट समेत राजिनामा दिएका थिए ।