सूचना प्रविधि

एनसेल मेलाशनिवार विराटनगर हाटखोलामा गीत संगीत लगायत विविध मनोरञ्जनात्मक कार्यक्रमहरु हुने

काठमाडौं । एनसेलले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक हुंदै खुसियाली साटासाट गर्न र दु्रतगतिको मोवाइल ब्रोडव्याण्ड सेवा फोरजीको अनुभव प्रदानगर्न ‘एनसेल मेला २०७४’ शनिवार (पुष १५) विराटनगरको हाटखोलामा आयोजना गर्दैछ । गतहप्ता पोखरामा भव्यरुपमा आयोजनापश्चात यो मेला विराटनगरमा आयोजना गर्न लागिएको हो ।

पोखरेली दर्शक र पर्यटकहरुको मन जित्न सफल यो मेलाले विराटनगरमा पनि भरपुर मनोरञ्जन प्रदानगर्ने विश्वास लिईएको छ । बिहान ११ बजे शुरु हुने विविध मनोरञ्जनात्मक कार्यक्रमहरुले भरिपूर्ण मेलामा दर्शकहरुले विविध कार्यक्रम तथा गतिविधि र कन्सर्ट कामजालिन सक्नेछन् । मेलामा विभिन्न गेम्स् लगायत सबै मनोरञ्जनात्मक गतिविधीहरु फोरजी थिममा आधारित हुनेछन् र दर्शकहरुले चर्चित गायक तथा सांगीतिक समुहहरुको प्रस्तुतिबाट आनन्दलिन सक्नेछन् ।

मेलामाकलाकारहरु शिव परियार, आषिश राना (लाउरे), सांगीतिक समुहहरुमाकबवेभ र द एजले आफ्नो प्रस्तुतिहरु राख्दै दर्शकलाई मनोरञ्जन प्रदानगर्नेछन् । रोडिज्काविजेता समन श्रेष्ठ र फस्ट रनरअपअनिमेश शाहीले पनि मेलामा सहभागिता रहनेछ । त्यसैगरी स(सानाबालबालिकाहरुको गायनप्रतिभाउजागर गर्न मेलामा ‘जुनियर सिङ्गिङ्ग आइडल’ कार्यक्रमको पनिआयोजनागरिनेछ ।

सबै उमेर समुहकादर्शकहरुको मनोरञ्जनलाई ध्यानमा राखिविभिन्नकार्यक्रमहरु समावेश गरिएको मेलामाआ-आफ्ना साथीभाई र परिवारका साथ सहभागिभई रमाईलो गर्न कम्पनीले आग्रह गरेको छ । थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जनलिनुका साथै विभिन्न पुरस्कारहरु पाउन सक्नेछन् । साँझ ६ः३० बजे सम्मचल्ने मेलामाप्रवेश निःशुल्कगरिएको छ ।

आगन्तुकहरुले मेलामा, देशको १९ शहरहरुमापुगिसकेको एनसेलको फोरजी सेवाको बारेमापनिजानकारी लिनुका साथै विषेश एनसेल फोरजीजोनमाफोरजी इन्टरनेट चलाएर टेष्ट पनिगर्न सक्नेछन् । दर्शकहरुले मेलामा नै आवश्यककागजातहरु बुझाई फोरजीसिमखरिद गर्न तथाआफ्नो पुरानो सिमलाई फोरजीसिममाअपग्रेड पनिगर्न सक्नेछन् ।

मेलामाजादु, किडस् जोन र फुड स्टलहरु पनि रहेनछन् । त्यसैगरी, मेलाको अन्यआकर्षणहरुमा फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु पनि रहनेछन् । पेपर प्लेन थ्रो, मिनीगल्फ, फ्रगजम्प र कार रेस जस्ता फोरजीथिममाआधारित गेम्सहरुले दर्शक तथाआगन्तुकहरुलाई भरपुर मनोरञ्जन प्रदानगर्ने विश्वास लिइएको छ र बालबालिकाहरुले पनि ट्राम्पोलिन, गो कार्ट, टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायतविविधआकार्षक गेम तथागतिविधीहरुमा घुलमिलभई रमाईलो गर्न सक्नेछन् ।

एनसेलका अनुसार, आफ्ना साथीभाई र परिवारजनसँग खुसीयाली साट्दै सन् २०१७को बिदाई र नयाँवर्ष २०१८ को स्वागतगर्नकालागिएनसेल मेला सबभन्दाउपयुक्तकार्यक्रमहुनेछ । पोखराबाट शुरु भएको यो मेलापुष २२ गते बुटवलको सिद्घेश्वरी मैदान, दीपनगरमा र पुष २९ गते ललितपुरको जावलाखेल मैदानमा आयोजनापश्चात समापन हुनेछ ।