पर्यटन/संस्कृति

पर्यटकीय नगरि लम्जुङले मुलुकको अर्थतन्त्रलाई समेत उकास्न मद्दत गर्दछ

रजिना माझी
नेपाल विश्वमा नै एउटा सुन्दर र प्रकृतिमा आफै सजिएको देश हो । यो समुन्द्रमा नजोडिएको भुपरिवेष्टित राष्ट्र पनि हो । ०६२/६३ सालको दोस्रो जनआन्दोलनपछि आएको राजनीतिक परिवर्तन पछि बनेको गणतान्त्रीक सरकारले नेपाललाई संघीयतामा लादै ७ प्रदेश, ७७ जिल्ला आदिमा बाँडेको छ । प्रदेशीक हिसाबले ४ नम्बर र जिल्लामा ७७ मध्ये एक सुन्दर लम्जुङ पनि एक हो । लम्जुङ, मनाङ र मुस्ताङको हिमाल पारिको जिल्ला हो जुन प्रदेश नं ४ मा पर्दछ । लम्जुङको सदरमुकाम वेशिसहर हो । यहाँ धेरै जातिका मानिसहरु वसोवास गर्दछन् । यहाँ रहेका सबै स्थानहरm निकै रमाईला र विदेशमा समेत प्रशिद्ध रहेका छन् । जहाँ हरिया वनजंगल र खोलानाला , मस्र्यादी नदी तथा झरनाहरmले मानिसहरmको मन लोभ्याइरहेको हुन्छ ।
लम्जुङ जिल्ला भौगोलिक हिसाबले पहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको रहेको छ । नेपालकै झन्डै विच भागमा पर्ने जैविक विविधताको धनी र पर्यटकिय हिसाबले लोकप्रीय जिल्लाको रुपमा परिचित लम्जुङ जिल्लाले १,६९२ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ । गुरुङ जातिको वाहुल्यता बोकेको यस जिल्ला ऐतिहासिक, धार्मिक तथा सास्कृतिक महत्वको हिसावले प्रमुख स्थानमा रहेको छ । नेपाललाई चिनाउने साँस्कृतिक माध्यम लोक दोहोरी गीतको उद्गम स्थल यस जिल्लालाई मानिन्छ । समुद्र सतहबाट ८०० मि. उचाईमा पर्ने यस जिल्लाको सदरमुकाम वेशिशहर पृथ्वी राजमार्गमा पर्ने तनहुं जिल्लाको डुम्रे ४२ किलोमिटर उत्तरमा पर्दछ । राजनैतिक एवं प्रशासनिक दृष्टिकोणले यस जिल्लालाई ७२ गाउँविकास समिति, ११ इलाका र २ निर्वाचन क्षेत्रमा विभाजन गरिएको भएपनि पछिल्लो अवस्थामा गाबिसलाई मर्ज गर्दै गाउँपालिका बनाई घटाईएको छ ।

लम्जुङ शव्द मगर भाषाबाट आएको मानिन्छ । यसको अर्थ लामा, अग्ला तथा ठुला पहाड तथा पहाडहरुले बनेको भुमि भन्ने मानिन्छ । राष्ट्रिय जनगणना अनुसार १,६७,७२४ महिला पुरुष रहेका छन् । यस जिल्लाका उत्तर तथा उत्तरपशिचमि अग्ला लेकाली प्रदेशमा बसी पशुपालनको व्यवसाय गरि त्यहाँका घले गुरुङहरुले आफनो भाषा सस्कृति रहनसहन सामाजिक आर्थिक तथा राजनैतिक संरचनाको स्थापना गर्दै आएका छन् । सामान्य खोज तथा अनुसन्धानले यस भेगमा घले, गुरुङ जातीको सामाजिक तथा राजनैतिक प्रभाव भित्र रहेको छ भने दक्षिणि भेकमा व्राम्हण, दमाई , कामी , सार्कीजस्ता इत्यादि जातीहरु वसोवास गर्दै आएका छन् ।

सातौँ शताब्दीमा शाह वंशिय राजाका पुर्विय यशोव्रम्ह शाहले शासन गरेका थिए । यसैलाई शाहवंशको उद्गम विन्दु मानिन्छ । त्यसवेला भद्र, शान्त तथा इमान्दर रुपमा चिनिने मगर जातीलाई राजदरवारको सेवामा राखिएको र त्यसैले गर्दा मगर भाषा एवं भेषभुषा र सँस्कृतिको सामान्य प्रभाव राजदरवार एवं राज्य संचालनमा रहेको कुरालाई कतिपय सामाजिक साँस्कृतिक तथा परम्पराले पुष्टि गरेको छ । इतिहासमा खासगरि लम्जुङको शाहवंशीय शासन कालको इतिहासलाई हेर्दा लडाकु, वीर तथा वीरङगनाहरुको राज्यको रुपमा लम्जुङलाई लिइन्छ । त्यो समयमा स्याङजालाई सिकारी, लम्जुङलाई गरुढ, गोरखालाई सर्प र कास्कीलाई भ्यागुतोको रुपमा इतिहासमा उल्लेख गरिएको छ ।
पश्चिम नेपालको मध्य पहाडि क्षेत्रमा अवस्थित लम्जुङ, समुद्र सतहवाट ३८७ मि.उचाईदेखि ८१६२ मि. अग्लो मनास्लु हिमशीखर सम्मको उचाईले गर्दा लम्जुङ नेपालका अन्य जिल्ला जिल्लाहरु मध्ये ठुलो मानिन्छ । अत्यन्त गर्मी हावापानी देखि अति ठण्डा हावापानीले गर्दा जैविक विविधता एवं वातावरणीय विविधताको दृष्टिले लम्जुङ जिल्ला निकै प्रशिद्ध पनि छ ।

यहाँ लाखौँ नदिनालाहरु बग्दछन् जसले गर्दा लाखौँ किलोवाट विद्युत उत्पादन गर्न सकिन्छ अर्कोतर्फ यस जिल्लामा पखनवेद, चिराइतो,निरमसी, जटामसी, गुर्जो, यार्चागुम्वा, कुटकी, सर्पगन्ध, सुगन्धवालजस्ता वहुउपयोगि तथा उपयोगि जडिवुटिहरु प्रशस्त मात्रामा पाइन्छ । हिमाली क्षेत्रमा वहुमुल्य पत्थरहरु पाइन्छन् । दुधपोखरी, मेमेपोखरी, बाह्रपोखरी, पुरानोककोट, रागिनासकोट, घनपोखरा तुर्लुङकोट आदि सुन्दर एवं ऐतिहासिक एवं धार्मिक महत्वका पर्यटकिय स्थलले गर्दा यस जिल्लाको आर्थिक सम्भावनालाई अत्यन्त माथि पुराउन मद्दत पुगेको छ । यस जिल्लामा यातयात तथा विधुतियकरणको राम्रो सुविधा पुगेको छ । लम्जुङ जिल्ला एक ऐतिहासिक बोकेको जिल्ला हो जसले पछिका पिडिहरुलाई पनि एउटा सन्देश मुलक यातना दिन सक्छ । लम्जुङ जिल्ला हाम्रो धरोहर हो आफनो जन्मभुमि ,आफनो कर्मभुमि जोगाउनु हामी सवैको कर्तव्य हो ।

लमजुङको प्रशिद्ध घलेगाउँको मनमोहक तस्विर

लमजुङको घले गाउँ घुम्न आउने पर्यटकहरुको भीड लाग्ने गर्दछ, घले गाँउ घुम्न पुरानो दरबार घुम्न बिश्वभरबाट पर्यटकहरु आउने गर्दछन् । होम स्टेमा आउने पर्यटकका कारण पनि जिल्लाबासीहरु आर्थिक रुपमा लाभान्वित हुन्छन् । सरकारले लमजुङलाई पर्यटकीय क्षेत्र घोषणा गरि अरबौं रुपैंया लगानी गरेमा जिल्ला बासीले आयस्रोतका लागि बैदेशीक रोजगारमा जानुपर्ने बाध्यता हुदैन भन्ने उक्त क्षेत्रका जानकारहरुले बताउने गरेका छन् ।

लमजुङले मुलुकको अर्थतन्त्रमा समेत योगदान दिन सक्ने अनुमान लगाउन सकिन्छ ।

 (लमजुङको बारेमा केही लेख्ने प्रयास गर्नुहुने माझी लमजुङ रागिनास नगरपालीका –९ (तार्कुघाट गाबिस – १) की स्थानीयबासी तथा suryakhabar.com मा प्रशिक्षार्थी पत्रकारको रुपमा कार्यरत हुनुहुन्छ । )