आर्थिक

बंगलादेशी ब्राण्डका मोटरसाइकल अब नेपालगजंमा

काठमाण्डौ । बंगलादेशमा उत्पादित रनर ब्रण्डका मोटरसाइकल र स्कुटर अब नेपालगजं आइपुगेको छ । नेपालका लागि आधिकारीक बिक्रेता रमण मोटर्सले राजधानीमा उक्त मोटरसाईकलको ल्वच गरे लगत्तै नेपालगजंका लागि डिलर लक्ष्मी ट्रड लिंले अफ्नो शोरुमको उद्घाटन गरेको हो ।

नेपालगजं उप-महानगरपालिकाका मेयर डा. धवल समशेर राणले शोरुम उद्घाटन गर्दै शफलताको शभकामना दिएका छन् । कार्यक्रमा नेपालगजं यद्योग वाणिज्य संघका अध्यक्ष्य नन्द लाल बयस्य, मिडियाकर्मी, ब्यांक तथा वित्तिय संस्था, अटोमोबाइल क्षेत्रका प्रतिनिधि र अन्य अतिथिहरुको बाक्लो उपस्थिति गरेको छ ।

नेपालमा पहिलो पटक छ बर्ष वारेन्टीका साथ प्रस्तुत रनर ब्रण्डका ८० सि सि, १०० सि सि, ११० सि सि, १२५ सि सि, १५० सि सिका बाइक र ११० सि सिको गियर जडित क्लज रहित स्कुटरका लाई देशका अन्य शहरहरुमा मनपराईएको र लक्ष्मी ट्रड लिंककासाथ नेपालगजं भित्रिएको रनर ब्रण्डका मोटरसाइकल र स्कुटरलाई ग्राहकले अत्यन्त रुचाईएको रमण मोटर्सका बिजनेश डेभलपमेन्ट हेड सन्तोष न्यौपानेले जनायका छन् ।

उद्घाटनको अवशरमा बिशेस छुट प्रदान गरेको लक्ष्मी ट्रड लिंकका प्रतिनिधि डा. शुभाष योगीले ग्राहकलाई बाईक खरिद गर्दा र तत्त पश्चात सर्भिसिङ्ग र स्पेयर्स मा बिशेश ध्यान दिएर पुर्ण सन्तस्टि प्रदान जनायका छन् ।