सामाजिक सञ्जाल

रञ्जु दर्शनाले यसरी आफू भुक्किएको स्वीकार गरिन्

काठमाण्डौ । स्थानीय तहको निर्बाचनमा काठमाण्डौ माहानगरपालिकाको मेयर विवेकशील साझाका तर्फबाट निर्बाचन लडेर पराजित भएपनि सम्मानजनक मत ल्याएकी रञ्जु दर्शना झुक्किएकी छन् । उनी अन्य कुनै कुराहरुमा नभएर मोवाईलमा इन्टरनेट डाटा किन्दा झुक्किएकी हुन् ।
उनले पहिले त टेलिकमलाई गली गरेकी तर पछि कार्यालयले सबै डिटेल दिएर चित्त बुझाएपछि आफू झुक्किए पनि अरुहरुलाई नझुक्किन सर्बसाधारणहलाई आग्रह गर्दै फेसबुकमा यस्तो स्टाटस लेखेकी छन् ।

साथीहरु,

मैले केहि दिन अघि मेरो फोनको ब्यालेन्स कटेको कुरा उल्लेख गर्दै गुनासो राखेकि थिएँ, त्यो गुनासो म लगायत कैयौं प्रयोगकर्ताहरुको थियो। आज त्यहिंका एक कर्मचारीले फोन गरेर वहाँहरुको सिस्टमले मैले प्रयोग गरेको सेवा अनुरूप नै ब्यालेन्स कटेको देखाएको जानकारी दिनुभयो। वहाँले मेरो फोन बाट खर्च भएको पैसा बारे विस्तृत सबै कुरा भन्नु भएपछि मैले आफ्नो तर्फ बाट पनि डाटा किन्दा अझै सजक हुनु पर्ने कुरा बताएँ र फोन गरेरै जानकारी दिनु भएकोमा धन्यवाद दिएँ।

मेरो फोन बाट रु. ३८९ बढि इन्टरनेटमा, रु. ३३ भवाइस कलमा, रु. २६ एस.म.स. मा र रु. ६० यूट्यूब डाटा प्याकमा खर्च भाको देखाइएको कुरा बताउनु भयो। All टाइम डाटा प्याकको साटो यूट्यूब प्याक किनेर झुक्किएर इन्टरनेट चलाएको हुनाले ब्यालेन्स कटेको बताउनु भयो र volume inquiry सेवा त्यो राम्ररी नचलेको हुनाले यो सबै confusion आको दुबैको निष्कर्ष रह्यो।

वहाँहरु ग्राहक सम्पर्क केन्द्रमा सजिलो सँग फोन लाग्ने, सिस्टम बाट जानु पर्ने एस.एम.एस. को विषयमा अझै कसरी छरितो बनाउने भन्ने विषयमा छलफलमा रहेको र अघि बढ्ने शिलशिलामा हुनुभएको जानकारी दिनु भयो।

माफी साथै धन्यवाद। म स्वयम पनि सजक भएर छानेर डाटा प्याक लिनेछु यो अपेक्षाका साथ कि volume inquiryसेवाले खर्च भएको डाटा बारे जानकारी गराइरहने छ र बढि रकम थाहै नभई काटिने छैन।”

#ThankYouNTC
#ntc