राजनीति

मन्त्री गिरिलाई हटाउनुभन्दा अगाडि नै प्रधानमन्त्री देउवाकाे राजीनामा आउने !

काठमाण्डौ । राप्रपाबाट मन्त्री बनेका नेता दिलनाथ गिरिलाई अध्यक्ष थापाले हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सिफारिस गरेका छन् । बिहीबारको मन्त्रीपरिषद बैठकमा प्रदेशको राजधानी लगायतका महत्वपूर्ण प्रस्तावहरु पार्टीसंग सल्लाह नै नगरी क्याबिनेटमा पेश गरेको भन्दै मन्त्री थापा र गिरीबीच चर्काचर्की भएको समाचार प्रकाशित भएको थियो ।
उपप्रधानमनत्री समेत रहेका राप्रपा अध्यक्ष कमल थापाले शहरी बिकास मन्त्री दिलनाथ गिरीको क्याबिनेट बैठकमा नै राजीनामा मागेका थिए तर मनत्ती गिरिले आफूले मन्त्रीबाट राजीनामा दिदा तपाईलाई नभई प्रधानमन्त्रीलाई बुझाउने बताउदै मुख लागेपछि अध्यक्ष थापाले शुक्रबर बैठक बसेर मन्त्रीबाट बर्खास्तगी गर्ने निर्णय गर्ने बताएका थिए ।
राप्रपा निर्बाचनमा एक सीट समेत नल्याएको अवस्थामा अध्यक्ष र आफ्नै पार्टीका नेताबीचमा यस्तो ब्यबहार हुनु अहंता भएको राप्रपाका एक केन्द्रीय सदस्यले सुर्यखबरलाई बताए ।
पछिललो निर्बाचनमा काँग्रेसको हार र बाम गठबन्धनको सरकार बन्ने लगभग निश्चित भएके अवस्थामा प्रधानमन्त्री देउवाले आफैं राजीनामा दिएर सरकार समेत ढल्न लागेको अवस्थामा मन्त्री गिरिलाई हटाउछन वा यथास्थानमा राख्छन् त्यो भने हेर्न बाँकी नै छ ।
शुक्रबार मात्र राष्ट्रपति बिद्यादेवी भण्डारीले अध्यादेश स्वीकृत गरेपछि काँग्रेस सभापति समेत रहेका शेबहादुर देउवाले प्रधनमन्त्रीबाट राजनीनामा दिने सम्भाबना देखिन्छ ।