समाचार

नेपाली सेनाद्वारा दाउरा वितरण

वीरगञ्ज । कठयांग्रिने जाडो र शीतलहरका कारण बढ्दै गएको जाडो छल्न सर्वसाधारणका लागि नेपाली सेनाका चण्डीप्रसाद गणले वीरगञ्जको विभिन्न ठाउँमा दाउरा वितरण गरी आगोको व्यवस्था मिलाएको छ ।

वीरगञ्ज महानगरपालिकाको सहयोगमा वीरगञ्जका घण्टाघर, बसपार्क, भन्सार क्षेत्र इनर्वालगायतका ठाउँमा दाउरा वितरण गरी आगोको व्यवस्था गरेको चण्डीप्रसाद गण वीरगञ्जले जनाएको छ ।

यसबाट जाडो छल्न सर्वसाधारणलाई राहत भएको छ । केही दिनदेखि एक्कासि बढेको जाडोले सर्वसाधारण प्रभावित हुँदै आएको छ ।