राजनीति

एमाले काँग्रेससंग गल्यो, राष्ट्रपतिलाई अध्यादेश पास गर्न सहमति दिने बनायो मनस्थिति

काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष बामदेश गौतमको समन्वयमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश स्वीकृत गर्दा एमालेले आपत्ती नमनाउने सहमति भएको समाचार प्राप्त भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली एकल संक्रमणीय निर्बाचन प्रणाली सहितको राष्ट्रिय सभा बिधेयकलाई संबिधान बिपरित भएको भन्दै काँग्रेस सरकारको आलोचना गरिरहेको नेकपा एमालेले सकारसंग हारेको छ ।
नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमनत्तीबाट राजनीनामा दिने छाँटकाँट नदेखाएपछि र माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसमेत काँग्रेससंग केहि नजिक देखिन थालेपछि एमालेका नेताहरु बन्न लागेको बाम समिकरण बिग्रने डरले राष्ट्रपति भण्डारीले बिधेयक पास गरे आपत्ति नमान्ने अवस्थामा पुगेका हुन् ।
नेकपा एमालेका सचिब शंकर पोख्रेलका अनुसार एमाले यसको बिपक्षमा भएपनि राजनीतिक गरिरोध हटाउन उक्त सहमती गर्नपर्ने बताउछन् । एक काँग्रेस केन्द्रीय सदस्य सदस्यका अनुसार एमालेले जसरी पनि उक्त बिधेयकमा हस्ताक्ष गर्ने वा उसले पुरानो परम्परा अनुसार छड्के बाटोबाट जनतालाई ढाँटेर राष्ट्रपति भण्डारीबाट बिधेयक पास गर्न सहमतीगर्ने दाबी गरेका छन् ।

काँग्रेसले उक्त बिधेयक पास नगरी समानुपातिक साँसदह छान्न नसकिने र सरकारले पनि संबैधानिक ब्यबस्था अनुसार राजिनामा दिन नमिलने भन्दै सरकारको आयु लम्ब्याउने संकेत दिएपछि एमालेबृत काग्रेससहित अन्य दलहरुसंग एमालेबाहेकको सरकार बनेमा अप्ठ्यारो पर्ने भन्दै छिटो राजनीतिक निकास दिई आफ्नो नेतृत्वमा सरकार बनाउते ध्याउन्नमा रहेको बताईन्छ ।
नेपाली कााग्रेसले शुक्रबार कार्यसंपादन समितिको बैठक राखेको छ, निर्बाचनमा भएको हार लगायत अब काँग्रेसले खेल्नुपर्ने भूमिकाका बिषयमा छलफल हुने पार्टीले बताएको छ, काँग्रेस भने सरकारको आयु लम्ब्याएर एमाले र माओबादीलाई जसरी पनि फुटाउने राजनीतिक षढ्यन्त्रमा लागेको नेकपा एमालेका नेताहरुको बिश्लेषण छ । त्यही भएर पनि उनीहरुले छिटो भन्दा छिटो बाम गठबन्धनको सरकार बनाउनुपर्छ भन्ने जोडदार लबिङ भईरहेको छ ।