आर्थिक

दुई दशकको बैंकिङ सिईओ बनिसकेका शाह पुनः नबिल बैंकले सिईओमा नियुक्त

काठमाण्डौ । चर्चित बैंकर अनिल केशरी शाह नेबिल बैंकको सीईओमा नियुक्त भएक छन् । यसअघि पनि झण्डै एक दशक उक्त बैंकको सीईओ बनिसकेका शाह ७ बर्ष अघि मेगा बैंकको सिईओमा नियुक्त भएका थिए ।

शाहले सुर्यखबर प्रतिनिधि संगको भेटमा आगामी नयाँ बर्षबाट कुनै बैंमा आफू नयाँ रुपमा काम गर्ने बताएका थिए । उक्त भेटमा सेन्चुरी बैंकमा जाने संकेत गरेपनि अन्तिम टुंगो नलागेको बताएका थिए । मेगा बैंकमा शशिन जोशी कार्यकारी अधिकृत भएपनि उनलाई संचालकसमितिले परिवर्तन गरि शाहलाई नियुक्त गरेको छ । बैंकर शाहले नबिल बैंक संचालक समितिलाई धन्यबाद दिएका छन् ।

उनी नबिल बैंकबाट नै कार्यकारी अधिकृतको रुपमा प्रबेश गरेका थिए । स्टाण्डर्ड चार्टर बैंकबाट बैकिङ सेवामा प्रवेश गरेका शाह हाल बैंकर संघको अध्यक्ष समेत हुन् । बैंकर संघको साधारण सभा केहिदिनमा हुने छ उनी नै अध्यक्ष बन्ने वा उपाध्यक्ष्ँ ज्ञानेन्द्र ढुंगाना को बन्ने भन्ने छलफल भईरहेको एक बैंकरले सुर्यखबरलाई बताए ।

सेञ्चुरी लगायतका बैंकले बैकर शाहलाई सीईओ बन्न अफर गरेपनि अन्तिममा उनले नबिल बैंकमा फकिएन मञ्जुरी गरेका छन् ।