राजनीति

यसरी लाग्दैछन् राजनीतिक दलहरु प्रदेशतर्फका साँसदहरु छान्ने अन्तिम नामावली तयार गर्न

काठमाण्डौ । नेकपा एमाले, काँग्रेस, माओबादी केन्द्र लगायतका राजनीतिक दलहरु प्रदेशसभाको समानुपातिक साँसदको नामको अन्तिम टुंगो लगाउने आन्तरिक तयारीमा जुटेका छन् ।
ठूला पाँच दलहरुका अलवा साना दलहरुले पनि आज ५ बजेभित्र निर्बाचन आयोगमा नाम बुझाईसक्नुपर्ने प्राबधान अनुसार आन्तरिक तयारी तीब्र बनाएका छन् ।
नेमकिपा, बिबेकशील साझा, संघीय समाजबादी पार्टीले आफ्ना पार्टीभित्रका नामहरु पठाईसकेका छन् भने ठूला दलहरुमा नाम तय भएपनि अन्तिम टुंगो भने लागेको छैन ।
प्रदेश सभातर्फ एमालेले ७५ सीट, काँग्रेसले ७२ सीट, माओबादी केन्द्रले ३५ सीट पाएका छन् भने मधेशबादी दलहरु संघीय समाजबादी र राजपाले क्रमसः १३ र १२ सीट पाएको छन् ।

त्यस्तै साना दलहरु राप्रपाले ३, विवेकशील साझाले ३ र राष्ट्रिय जनमोर्चाले २ सीट पाएका छन् ।

अन्य मजदुर किशान सहित केहि पार्टीहरुले समानुपातिकतर्फ १ १ सीट पाएका छन् ।