खेलकुद

न्यु जेनिथ तेक्वान्दो च्याम्पियनसिप आज

काठमाडौ । प्रथम न्यु जेनिथ जुनियर तेक्वान्दो च्याम्पियनसिप आज शुक्रबार हुने भएको छ । न्यु जेनिथ इंग्लिस मोडल उ।मा।वीको आयोजनामा एकदिने अन्तरविद्यालय जुनियर तेक्वान्दो च्याम्पियनसिप शुक्रबार हुुने प्रतियोगिता संयोजक एवं विद्यालयका प्रिन्सिपल राजु महर्जनले जानकारी दिए । गल्र्स र ब्वाइज दुवैमा गरी कुल १४ तौलसमूहमा प्रतिस्पर्धा हुने न्यु जेनिथ तेक्वान्दो डोजाङ प्रमुख सरोज बास्कोटाले जानकारी दिए । गल्सतर्पm ४ तौलसमुह र ब्वाइजमा १० तौलसमुहमा गरी विभिन्न विद्यालयका सय खेलाडीले १४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । डल्लुस्थित न्यु जेनिथ इंग्लिस मोडल उमावी खेलको प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेतालाई ट्रफि,मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । गल्र्स र ब्वाइजतर्पm प्रतियोगिताका उत्कृष्ट खेलाडीले ट्रफी प्राप्त गर्नेछन् । अनुशासित टिमलाई पनि ट्रफि प्रदान गरिने डोजाङ प्रमुख बास्कोटाले बताए । ब्वाइजमा २३ केजीमुनि,२६ केजीमुनि, २९ केजीमुनि, ३१ केजीमुनि, ३५ केजीमुनि, ४० केजीमुनि, ४५ केजीमुनि, ५० केजीमुनि, ५४ केजीमुनि र ६० केजीमुनि तथा गल्र्समा २३ केजीमुनि, ३२ केजीमुनि, ३६ केजीमुनि र ४० केजीमुनि प्रतिस्पर्धा हुने डोजाङ प्रमुख बास्कोटाले जानकारी दिए ।