खेलकुद

करातेमा एपीएफ र धनगढीको प्रभाव

धनगढी । घरेलु टोलीकी बर्षा साउदले धनगढीमा आयोजित आठौ अन्तराष्ट्रिय कराते प्रतियोगिताको ४५ किलो तौल समुहमा स्वर्ण पदक जितेकी छिन् । सो स्पर्धामा भारतकी मिना कुमावतले रजत तथा एपीएफकी दिपा लामा र श्रीलंकाका डब्लु आर डी मधुसानीले काश्य पदक जिते ।
सुदुर पश्चिमाञ्चल गोजुरियो कराते डो संघ युजेनकाइको आयोजनामा सञ्चालीत प्रतियोगिताको ६ देखि ८ उमेर समुहको स्याडेट स्पर्धाा धनगढीकै प्रदिप बैजली मगर पहिलो तथा खडक थामी मगर दोश्रो भए । श्रीलंकाका जिडिडिएम सुनारत्ने तेश्रो भए । ५५ किलो तौल समुहमा एपीएफका सुजन श्रेष्ठ पहिलो तथा चक्रमान प्रधान दोश्रो भए । धनगढीका पुष्प न्यौपाने र भारतका सोनु कुबँरले काश्य पदक जिते । ६८ किलो तौल समुहमा पनि एपीएफकी सरिता श्रेष्ठ पहिलो भइन् । ६८ किलो भन्दा माथिको तौल समुहमा एपीएफकी लक्ष्मी भट्ट पहिलो तथा सरिता लामा दोश्रो भए । भारतकी सिमा रहांगडालेले काश्य पदक जितिन् । ५५ किलो तौल समुहमा एपीउफकी मनिषा चौधरीले स्वर्ण, भारतकी कमल प्रीत कौरले रजत तथा भारतकै आरस प्रीत कौरले काश्य पदक जिते ।