खेलकुद

आर्मी र पूर्वाञ्चल सेमिफाइनलमा

काठमाण्डौ । नेपाल आर्मी क्लब र पूर्वाञ्चल राखेप च्याम्पियनसिपअन्तर्गत तेश्रो राष्ट्रिय सेपाकताक्रो प्रतियोगिताको पुरुषतर्फ बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । आर्मी र पूर्वाञ्चल समूह ‘ए’ को क्रमशः विजेता र उपविजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् ।
समूह ‘ए’ को लिगमा आर्मी र पूर्वाञ्चलले समान १ जित र १ हार व्यहोरे पनि अंक आधारमा आर्मी विजेता बनेको हो । पश्चिमाञ्चललाई २–० ले पराजित गरेको आर्मी पूर्वाञ्चलसंग २–० ले हा¥यो । पश्चिमाञ्चलले भने पूर्वाञ्चललाई २–१ ले हरायो ।
समूह ‘बी’ बाट मध्यपश्चिमाञ्चल विजेता र मध्यमाञ्चल उपविजेता बन्दै सेमिफाइनलमा पुगे । मध्यपश्चिमाञ्चलले सुदूरपश्चिमाञ्चललाई २–० तथा मध्यमाञ्चललाई २–१ ले पन्छायो । सुदूरपश्चिमाञ्चल विरुद्धको खेलमा मध्यमाञ्चल २–० ले विजयी भयो ।
महिलामा मध्यमाञ्चल, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलले सेमिफाइनलमा स्थान सुरक्षित गरे । एक टोलीको टुंगो लाग्न बाँकी छ । शुक्रबार सम्पन्न हुने प्रतियोगितामा रेगु स्पर्धामा मात्र प्रतिस्पर्धा भइरहेको छ ।