अन्तर्राष्ट्रिय

इरानमा मूल्यवृद्धिविरुद्ध प्रदर्शन

तेहरान । इरानको दोस्रो ठुलो सहर मस्साड र अरु ठाँउहरुमा सयौं प्रदर्शनकारीहरुले विहीबार सडकमा उत्रिएर विरोध प्रदर्शन गरेका छन् ।

मुल्यवृद्धि र बेरोजगारीका विरुद्धमा उनीहरुले विरोध प्रदर्शन गरेको स्थानीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् ।

प्रदर्शन सिधै राष्ट्रपति हसन रोहानी नेतृत्वको सरकारका विरुद्धमा लक्षित रहेको नजर मिडिया नेटवर्कले जनाएको छ ।

“प्रहरीले अहिलेसम्म प्रदर्शन कानून विपरीत भएको दावी गरेको छ, सुरक्षाकर्मीले देखाएको अत्यधिक उदारताका कारण प्रदर्शन भएको प्रहरीको भनाई छ,” मस्साडका गभर्नर मोहम्मद रहिम नोरोगजिनले भनेका छन् ।

प्रदर्शनकारीहरुले मस्साडमा गरेको प्रदर्शनको नजरको टेलिग्राम च्यानलले देखाएको छ । एउटा महत्वपूर्ण धार्मिक क्षेत्रमा उनीहरु भेला भएको र भजन कृतन गरिरहेको दृश्यहरुमा देखिएको छ ।

उनीहरुले “रौहानीविरुद्ध चर्का नारा लगाएका थिए ।

मस्साडका गभर्नरले सार्वजनिक सम्पत्तिमा क्षति पु¥र्याउन प्रयास गर्नेहरुमध्ये केहीलाई नियन्त्रणमा लिइएको जानकारी दिए।

नजरले याज्ड, शाह्रोड, कास्मर लगायतका साना सहरहरुमा पनि प्रदर्शनकारीहरुले विरोध जनाएको समाचार आएका छन् ।

प्रदर्शनकारीहरुले गरेको प्रदर्शनको भिडियोहरु सामाजिक सञ्जालहरुमा समेत देखिएका छन् ।