आर्थिक

सिभिलको मुद्दती खातामा १२.२२% ब्याज योजना सार्बजनिक

काठमाण्डौ । नववर्ष २०१८को सौगात स्वरुप सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई उच्च प्रतिफल दिने क्रममा२२२ दिने मुद्दती खातामा १२.२२% ब्याज प्रदान गर्ने भएको छ । बैंकले यस अघि देखिनै शुन्य मौज्दातको नेपाली बचत खातामा सर्वाधिक ८.५० प्रतिशत वार्षिक व्याजदर प्रदानगर्दै आएको छ ।

यस नयाँ योजनाले ग्राहकहरु लाभान्वित हुनुका साथै अन्य बैंकहरुको तुलनामा उच्च प्रतिफल प्रदानगर्ने कुरा प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए । आगामी दिनमा सिभिल बैंकले आफ्ना ग्राहकहरुलाई यस्तै नयाँ नयाँ योजना अघि सार्ने पनि उनले खुलस्त गरेका छन् ।