खेलकुद

विद्यालयमा खेलकुदको विकासका लागि पूर्वाधार बनाउनुपर्ने

काठमाडौँ । नेकपा (एमाले) का नेता जीवनराम श्रेष्ठले दक्ष खेलाडी उत्पादन गर्न लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।

काठमाडौँ महानगरपालिका–१५ स्थित ‘द एक्सेलसर’ स्कुलद्वारा यहाँ आज आयोजित ‘खेलाडी सम्मान तथा पुरस्कार वितरण’ कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले स्थानीय तहदेखि नै खेलकुद क्षेत्रमा लगानी गरी जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिँदै विद्यालयमा खेलकुद क्षेत्रको विकासका लागि पूर्वाधार निर्माण गर्नुपर्ने खाँचो औँल्याए ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ८ बाट प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित उनले डल्लु आवास क्षेत्रमा ‘इनडोर गेम’का लागि चाँडो कभर्ड हल निर्माण गर्न स्थानीय संघसंस्थाका साथै ओलम्पिक कमिटीका बीच सहकार्य र समन्वय भइरहेको बताए । कामपा–१५ का वडाध्यक्ष ईश्वरमान डंगोलले आफ्नो वडामा खेलकुदको विकासका लागि आवश्यक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको जानकारी दिए ।