कृषि

कृषि व्यवसायलाई आत्मनिर्भर बनाउने– कृषिमन्त्री यादव

काठमाडौँ । कृषिमन्त्री रामकृष्ण यादवले कृषि व्यवसायलाई आत्मनिर्भर बनाउनका लागि सरकार लागिपरेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उनले भने –“सक्षम किसान र समृद्ध समाज निर्माण गर्ने सरकारको प्राथमिकता रहेकाले सोहि बमोजिमको कार्यक्रम सञ्चालनमा ल्याउने छ ।”

मन्त्री यादवले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेयता चुनावका कारण सोचेअनुरुपको काम गर्न नसकेको चर्चा गर्दै छोटो अवधिमा पनि किसानको हकहितमा काम गरेको धारणा व्यक्त गरे ।

सो अवसरमा पाण्डे कृषि फार्म नुवाकोटका सञ्चालक युवराज पाण्डेले बजार अभावका कारण १७ टनभन्दा बढी माछा मरेको भन्दै सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने माग गरे ।