समाचार

भाद्र पुर्णिमाका दिन बिदा दिने सरकारी निर्णय

काठमाण्डौ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले सुनसरी जिल्लाका नेताहरु समेत रहेका उपप्रधानमन्त्री विजयी कुमार गच्छदार र अर्थमन्त्री ज्ञानेन्द्र संग समन्वय गरेर पूर्व सभासद शुर्यदेव उराव र नेता बुद्धि कट्वाल, बाबुराम आचार्य अगुवाईमा राष्ट्रिय राष्ट्रिय उराव करम पर्व मनाउने निर्णय गरेको छ ।

उराव समाजका संयोजक समेत रहेका सुर्यदेव दास उरावले उक्त सह्रानीय काम गरि देउवा सरकारले प्रत्येक बर्ष भाद्र पुर्णिमाका दिन बिदा दिने निर्णय गरेको धन्यबाद समेत दिएका छन् । उराव समूह उक्त निर्णयपछि खुसी रहेको उनको भनाई छ ।
उराव समुदाय अल्पसंयक, आदिबासी जनजाती समुदाय हो । सुर्यदेब ०७० सालमा उही समुदायबाट सभासद बनेका थिए ।