आर्थिक

एनआइसी एसियाको ऋणपत्रमा बिक्री खुला

काठमाण्डौ । एनआइसी एसिया बैंकले ऋणपत्रको बिक्री खुला गरेको छ ।  कुल ३ अर्ब रुपैयाँको ऋण किन्नका लागि पुस १७ गतेबाट आवेदन दिन सकिने छ । प्रतिकित्ता १ सय रुपैयाँका दरले आवेदन दिनुपर्नेछन् ।

बिक्री प्रवन्धकका रुपमा नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ । लगानीकर्ताले आफ्नो खाता भएको बैंकमार्फत नै आवेदन भर्न सक्नेछन् ।

ऋणपत्रमा लगानी गर्नेले ९ प्रतिशत वार्षिक व्याजदर ६र६ महिनामा भुक्तानी पाउने छन् । लगानी गरेको ७ वर्षपछि मात्रै सावा फिर्ता हुनेछ । नेपाल स्टक एक्सचेन्जमा यो सूचीकृत हुनेछ । इक्रा नेपालले ऋणपत्रलाई एनपीएलए माइनस रेटिङ प्रदान गरेको छ। जसले उच्च सुरक्षा र न्यून जोखिम जनाउँछ ।