पु.समाचार

लम्साल गैरआवासीय राजदूत नियुक्त

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले डेनमार्कका लागि नेपालका आवासीय राजदूत युवनाथ लम्साललाई फिनल्याण्ड, लिथुआनिया र स्विडेनका लागि पनि गैरआवासीय नेपाली राजदूतमा नियुक्त गरेकी छन् ।

नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा उनलाई उक्त पदमा आज राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।