राजनीति

विवेकशील साझाले छान्यो प्रदेश नम्बर ३ का तीन प्रदेशसभा सदस्य

काठमाण्डौ । विवेकशील साझा पार्टीले प्रदेश ३ को समानुपनतिकतर्फ ३ सदस्य सिफारिस गरेको छ ।

विवेकशील साझाको केन्द्रीय समितिको बैठकले केन्द्रीय संयोजन समिति सदस्य रमेश पौडेलको नेतृत्वमा तीन सदस्य पठाउने निर्णय गरेको हो । पौडेलसँगै शोभा शाक्य र विराजभक्त श्रेष्ठको नाम बिहीबार निर्वाचन आयोगमा पठाइएको प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।

प्रदेश ३ को समानुपातिकतर्फ १ लाख २४ हजार ४४२ मत पाएको विवेकशील साझाले ३ सिट पाएको छ ।

प्रदेशसभा सदस्यमा सिफारिस पौडेल पार्टी प्रवक्ता पनि हुन् । शाक्य स्थानीय तह निर्वाचनमा ललितपुर महानगरपालिकाको उपमेयरमा उम्मेदवार थिइन् तर, उनी दोस्रो स्थानमा रहिन् ।