अन्तर्राष्ट्रिय

इजराइलले राष्ट्रपति ट्रम्पको नाममा रेलवे स्टेशन बनाउने

एजेन्सी । इजराइलले पूर्वी जेरुसलेममा अमेरिकी राष्ट्रपति ट्रम्पको नाममा रेलवे स्टेशन बनाउने योजना अघि सारेको छ । इजरेली यातायात मन्त्री यीसरेल काट्सले ट्रम्पले जेरुसलेमलाई इजरेली राजधानीको मान्यता दिएको सम्मान स्वरुप जेरुसेलमको पुरानो शहरदेखि वेस्टर्न वालसम्म रेलवे स्टेशन स्थापना गर्ने अवधारणा अघि सारेको बताए ।

सो रेलमार्ग यहुदी धर्मावलम्बीको प्राचीन मन्दिरको अवशेष रहेको वेस्टर्न वाल भन्ने स्थान नजिकैबाट इस्लाम धर्मावलम्बीको तेश्रो महत्वपूर्ण तीर्थस्थल अल आक्सा मस्जिदसम्म पुग्ने बीबीसीले उल्लेख गरेको छ । निकै दु्रत गतिको भनिएको सो रेलमार्ग इन्जिनियरले झण्डै ३ किलोमिटर सुरुङ खनेर निर्माण गर्न लागेका हुन् । नयाँ रेलवे स्टेशन अर्को बर्षबाट खुला गरिने बताइएको छ ।