मनोरञ्जन

तस्बिरमा हेर्नुहोस् विश्वकै उत्कृष्ट महिलाको सेक्सी फिगर

एजेन्सी । बेलायती मोडल केली ब्रुकको शारीरिक बनावट विश्वमै उत्कृष्ट मानिएको छ । टेक्सास युनिभर्सिटीका वैज्ञानिकहरुले गरेको एक अनुसन्धानका अनुसार केली न त दुब्ली छिन्, न त मोटी । उनको शरीरको हरेक अंग पूर्ण रहेको सो अध्ययनले देखाएको छ ।

 

वैज्ञानिकहरुले यो अनुसन्धान गर्नुभन्दा पहिले एक सर्वेक्षण गरेका थिए । सो सर्वेक्षणमा सहभागीहरुलाई महिलाको आकर्षक शरीर हुनको लागि चाहिने मापनको बारेमा सोधिएको थियो ।

सहभागीहरुले महिलाको उचाई, कपालदेखि लिएर तौल, अनुहारको बनावट तथा हिप्ससम्मका मापनको बारेमा बताएका थिए । मानिसहरुका यिनै जवाफका आधारमा वैज्ञानिकहरुले एक आधारभुत मापदण्ड तयार पारे ।

त्यसै मापदण्डको आधारमा अध्ययन गर्दा केली संसारकै उत्कृष्ट फिगर अर्थात शारीरिक बनावट भएकी महिला पाइएकी हुन् । टेक्सास युनिभर्सिटीको अनुसन्धानका अनुसार परफेक्ट फिगर भएकी महिला बन्नको लागि केही खास मापदण्डमा उत्कृष्ट हुन आवश्यक छ ।

जस्तै महिलाको उचाई १ दशमलव ६८ मीटर अर्थात ५ फिट ५ इन्च हुन आवश्यक छ । महिलाको छाती, कम्मर र नितम्ब ९हिप०को मापन ९९–६३–९१ हुनुपर्छ ।