पु.समाचार

अन्ततः रानीपोखरी पुनर्निर्माणको काम रोकियो, पुरानै शैलीमा बन्ने

काठमाण्डौ । काठमाण्डौ महानरपालिकाले रानीपोखरीको पुनर्निर्माण स्थगित गरेको छ । प्रताप मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण समग्री प्रयोग गरेर बनाइने भएको छ ।

महानगरका मेयर, उपमेयर, पुनर्निर्माण प्राधिकरणका सचिव र पुरातत्व विभागका महानिर्देशक सहितको बैठकले रानीपोखरीलाई प्रताप मल्लकालीन पुरानै शैली, स्वरुप र निर्माण समाग्री प्रयोग गरेर निर्माण गर्ने निर्णय गरेको छ ।

यसबारे अध्ययन गरी १५ दिनभित्र सुझाव दिन विज्ञ समिति बनाइएको छ । पुरातत्वका पूर्व महानिर्देशक विष्णुराज कार्की संयोजक रहेको समितिको सल्लाहकारमा रक्षामन्त्री भीमसेनदास प्रधान, पूर्वमेयर केशव स्थापित र रञ्जु दर्शना छन् ।

विशेषज्ञ समितिको प्रतिवेदन आएर अर्को निर्णय नभएसम्म पुनर्निर्माणको काम रोक्ने निर्णय भएको मेयर विद्यासुन्दर शाक्यले बताए ।

रानीपोखरी पुनर्निर्माणको जिम्मा पाएको काठमाण्डौ महानगरपालिकाले कंक्रिट हालेपछि सम्पदाविदहरुले विरोध गरेका थिए ।

र यो पनि पढ्नुहोस्

उपमेयर खड्गी भन्छिन्ः मेयर साब ! तपाईले मलाई सँगै लिएर हिड्नु पर्दैन